Wednesday, April 22News That Matters

स्वास्थ्य

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कीर्तिपुर (काठमाडौँ), ४ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते हुनुभएको हो । उहाँहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उहाँहरुको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । डा नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए ...
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
ढोरपाटन (बागलुङ), ४ फागुन : काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उहाँले समावेशी विकासको आवश्यकता भएको बताउनुभयो । नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ । गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उहाँले बताउनुभयो । अध्यक्...
तरकारीखेतीबाट सात लाख आम्दानी

तरकारीखेतीबाट सात लाख आम्दानी

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
कञ्चनपुर, ४ फागुन : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आउनुभएको छ । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धान्नुभएको छ । अरुको जग्गामा बस्दै आउनुभएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गर्नुभएको छ । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भन्नुभयो, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।” तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउनुहुन्छ । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्नुहुन्थ्यो । बगरखेती ग...
इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), ३ फागुनः राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए । खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो । आजको खेलको ‘म्यान अफ दी म्याच’ यु...
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

Breaking News, पर्यटक, प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
गोरखा, ३ फागुनः गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उहाँले बताउनुभयो । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । “दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ”, लामाले भन्नुभयो । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिनुभयो । “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा ...
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।...
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मध्यविन्दु (नवलपरासी), २६ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गर्नुभएको छ । आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गर्नुभएको हो । “कृषि बालीमा धेरै विषादी प्रयोग नगरौँ, धेरै विषादी प्रयोग गर्दा आफू पनि रोगी भइन्छ”, उहाँले भन्नुभयो, “आफैँले प्रयोग गरेको विषादीले आफैँलाई रोग पनि लाग्छ, आफू पनि निरोगी बन्नुपर्‍यो ।” केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा धेरै समस्या सृजना हुने गरेको मन्त्री अधिकारीले बताउनुभयो । विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको मन्त्र...
विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ माघ(रासस): चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।” सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्...
झाडी फाडेर सुन्तला बगान

झाडी फाडेर सुन्तला बगान

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
म्याग्दी, २४ माघ : कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । “बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल...
केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलेश्वर (म्याग्दी), २४ माघः रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भन्नुभयो, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उहाँले चार रोपनीमा केराखेती गर्नुभएको छ । त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताउनुभयो । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उहाँले भन्नुभयो । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उहाँले बत...