आहा ! रारा पोखरा गोल्ड कप सुरू, उद्घाटन खेलमा पुलिस क्लब विजयी
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कास्की, २२ माघ : गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि राजधानी बाहिरको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रियअन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै विभागीय नेपाल पुलिस क्लब क्वाटर फाइनलमा पुग्न सफल भयो । पुलिसका उज्ज्वल राईले खेलको ३६ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । राईले कर्नरमा प्राप्त भएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल हुनुभएको थियो । पुलिससँगको हारपछि आयोजक सहारा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा ...










