बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलकोट (बागलुङ), ९ माघः बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।
अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राजभण्डारीले जानकारी दिनभयो । उहाँले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताउनुभयो ।
फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधि धौलागिरिमै...










