बनटारकाे चेपाङ बस्तीमा खानेपानी आयोजना अलपत्र
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गोरखा, ६ वैशाखः जिल्लाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८/७९ देखि आयोजनाको काम सुरु भएको थियो ।
आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताउनुभयो । हरेक वर्षको सुख्खायाममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको उहाँले भन्दै उहाँले भन्नुभयो, “घरमा धारा जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन । पाहुना आउँदा दिने पानी पनि हुँदैन ।”
बनटारवासीले हाल खानेपानीको ट्याङ्कीमा जम्मा भएको धमिलो पानी खाएर गुजारा चलाइरहेका बिन्दासले जानकारी दिनुभयो । “रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी पाइप टाँगेर खाएका छौँ । कहिलेकाहीँ पानीको निहुँमा गाउँमा झगडा हुन्छ । पानी पर्दा पाइपमा ...










