Monday, April 27News That Matters

स्वास्थ्य

गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी

गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
रामपुर (पाल्पा), १६ चैतः मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ । उमेरले ८५ वर्ष पुग्नुभएकी उहाँलाई शारीरिक अवस्थाका कारण भरसक उपचारका लागि अस्पताल जान नपरे हुन्थ्यो जस्तो लाग्छ । शारीरिक अवस्था कमजोर भएकाले सवारीसाधनमार्फत लामो यात्रा गरेर बाहिर अस्पतालमा जाने झन्झटभन्दा उहाँ रोगसँग लडेर बस्न तयार हुनुहुन्छ । यस्तो परिस्थितिमा गाउँमा स्वास्थ्य शिविरमार्फत विशेषज्ञसहित औषधोपचार सेवा पाउँदा उहाँ खुसी हुनुहुन्छ । रामपुर नगरपालिका–८ रानीवास बस्ने गिरामती गाउँमा उपचार सेवा पाइने थाहा पाएपछि लठ्ठीटेकेर नातिनीको सहारामा शिविरमा पुग्नुभयो । शिविरमा आफ्ना समस्याबारे सबै स्वास्थ्य परीक्षणसहित औषधि सेवा पाउँदा आफूलाई तत्काललाई अस्पताल जाने समस्या टरेको गिरामतीले बताउनुभयो । रामपुर नगरपालिकामा आज आयोजित बृहत् निःशु...
‘आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ’

‘आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ’

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १५ चैतः खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’सम्बन्धी बैठकमा उहाँले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।” आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उहाँले जोड दिनुभयो । मन्त्री यादवले उपभोक्ता, महासङ्घलगायत स...
Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
Kathmandu, March 29: The Federation of Nepali Journalists (FNJ) would have been celebrating its 70th anniversary in a different way today if the Friday's demonstration by the supporters of the ex-king had not turned violent, causing human casualties and damaging property. But the shock wave ran high among media fraternity with the death of an on-duty photo journalist Suresh Rajak in the fire set on a private building at Tinkune, Kathmandu on Friday. Rajak, 29, was associated with the Avenues Television. He was taking photos and videos from the building near Tinkune, where the demonstration was held. As a result, the agitated and grief-stricken FNJ had to cancel the schedules of a rally, health camps and other official events to mark its 70th establishment day, but to organize a...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ । प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा मेडिटेसनस्थलको पूर्वाधार तयार पारिएको जानकारी दिनुभयो । “परापूर्वकालमा ऋषिमुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो”, योग प्रशिक्षकसमेत रहनुभएका उहाँले भन्नुभयो, “बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेलामा पूर्वाधार तयार भएको छ ।”...
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी ...
लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँः गृहमन्त्री लेखक

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँः गृहमन्त्री लेखक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १७ फागुनः गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हँुदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताउनुभयो । “लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।” लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताउनुभयो । “लागुऔषध प्रयोगकर्ताक...
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ फागुनः महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बन्नुभएको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताउनुभयो । “हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दि...
परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्वास्थ्य
काठमाडौँ, १४ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री डा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताउनुभयो । उहाँले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र न्यायपालिकाको स्वत...
डा. तोशिमा कार्कीद्वारा संसदमा नेपाल रेडक्रस संकटबारे गम्भीर चिन्ता

डा. तोशिमा कार्कीद्वारा संसदमा नेपाल रेडक्रस संकटबारे गम्भीर चिन्ता

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती, स्वास्थ्य
काठमाडौ, आकस्मिक विषयमा राखिएको प्रतिनिधि सभा बैठकमा डा. तोशिमा कार्कीले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रस सोसाइटीको सदस्यता निलम्बन हुनसक्ने चेतावनी को विषयमा राख्नु भएको मन्तव्य यस्तो छ । सम्माननीय सभामुख महोदय, सरकारले यो सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले आज म लज्जाबोध भएको छु। आजभन्दा पाँच महिना अघि गत साउन २१,२०२१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भइरहेको चरम भ्रष्टाचारको विषय उठाएको थिएँ। महिला बालबालिका मन्त्रालय, समाज कल्याण परिषद् को अध्ययन अन्तर्गत भएको १७औं छानविनको सत्रौं प्रतिवेदन सार्वजनिक गरियोस्, दोषी माथि कारबाही होस्, रगत माथिको अपराध, जग्गाको अपचलनको विषय, Blood bagको टेन्डर प्रक्रियामा भएको चलखेल र केन्द्रीय कार्यसमितिको वैधानिकताको विषयमा यो संस्कारसँग जवाफ मागेको थिए। यथेष्ट प्रमाण सहित प्रस्तुत गरेको थिएँ। तर न प्रत...
संसदमा डा. तोशिमा कार्कीको स्यानिटरी प्याड सम्बन्धी महत्वपूर्ण वक्तव्य

संसदमा डा. तोशिमा कार्कीको स्यानिटरी प्याड सम्बन्धी महत्वपूर्ण वक्तव्य

Breaking News, अर्थ, खेलकुद, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती, स्वास्थ्य
काठमाडौ, डा. तोशिमा कार्कीले नेपालमा थुप्रै मुलुकहरुबाट स्यानिटरी प्याड आयात हुन्छ । मैले पाएको तथ्यांङक अनुसार नेपालमा बर्सौनी ३ करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छन तर स्वदेशी क्षमता ९० करोड थान छ । अर्थात् क्षमताको एक तिहाई मात्र उत्पादन भैरहेको छ । कारण के हो भने बनेको स्यानिटरी प्याडको आयातमा भन्दा कच्चा पदार्थको आयातमा बदी कर लागिएको छ । आर्यतित प्याडमा दिइएको भन्सार छुट पनि लाचित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र यसको नियमन नहुनुनै छुट निस्वार्थ प्रेरित थियो भन्ने संका उब्जेको छ । समस्या मात्र होइन सभानुख महोदय समाधान पनि सुझाउनु स्यानिटरी प्याडको कच्चा पदार्थमा लिदै गरेको भन्सार शुल्क घटाउनु पर्छ जस कारण नेपाली उत्पादित प्याडहरु सुलभ, सुप्त र गुणस्तरीय हुन्छन र विदेशी उत्पादन संग प्रतिस्पर्ध गर्न सक्छन साथै सातवटै प्रदेशक सरकारी विद्यालयहरुमा वितर...