एमाले महाधिवेशनमा बिझिएका दृश्य ः ¥यालीमा बालबालिकाको प्रयोग, फर्कँदा फोहोरको डङ्गुर
भक्तपुर ः एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट काठमाडौं उपत्यका ओर्लिएका नेता तथा कार्यकर्ताहरूको लर्को शनिबार बिहानैदेखि भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानतर्फ सोझियो।
भक्तपुरको चिसो मौसममा पनि बिहानैदेखि सो क्षेत्रको चहलपहल तातेको थियो। आयोजकले मञ्चमा प्रवेश गर्ने नेताहरू र कार्यकर्ताको ओहोरदोहोरका लागि छुट्टाछुट्टै गेटको व्यवस्था गरेको थियो।
भीड बढेपछि सुरक्षा जाँच रोकियो
शनिबार बिहान महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूलाई मुख्य प्रवेशद्वारमा प्रहरीको कडा जाँचपछि मात्रै भित्र पठाइँदै थियो। सुरुवाती चरणमा सहभागीहरू थोरै हुँदा अनुशासित रूपमा लामबद्ध भएर मूल गेटबाट प्रवेश गरिरहेका थिए र प्रहरीलाई पनि जाँच गर्न सहज थियो।
तर, बिहान साढे ११ बजेपछि नारा, जुलुस र झाँकीसहित एक्कासि एमाले नेता–कार्यकर्ताको ठूलो भीड उर्लिएपछि स्थिति फेरियो। थेगिनसक्नु भीड उद...










