Saturday, May 2News That Matters

Tag: @news

चुरे संरक्षणमा राज्यका अङ्गबीच समन्वय र सहकार्यमा जोड

चुरे संरक्षणमा राज्यका अङ्गबीच समन्वय र सहकार्यमा जोड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
सिरहा, १८ चैत : चुरे विनाशले मधेसका जिल्लामा प्रतिकूल असर पारेकाले यसको संरक्षणमा तीनै तहको सरकारको साथसाथै राज्यका अङ्गबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल ध्येयका साथ मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयले यहाँको लहानस्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्रको सभाहलमा आयोजित चुरे सम्वाद कार्यक्रमका वक्ताहरुले चुरे संरक्षणका लागि सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका हुन् । कार्यक्रमका मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले चुरे क्षेत्र मधेसको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । “राज्यका निकायले चुरे क्षेत्रलाई आफ्नै ठानेर समन्वय, सहकार...
चुमनुब्रीमा सात सय धारा जडान

चुमनुब्रीमा सात सय धारा जडान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
गोरखा, १८ चैत : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ‘चुमनुब्री बृहत् योजना’ अन्तर्गत सात सय धारा जडान भएका छन् । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत चुमनुब्रीमा उक्त योजना लागू भई खानेपानीको धारा जडान भएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको चुमनुब्री बृहत् योजनाको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ । सो पालिकाको वडा नं २, ३, ४, ५ र ६ मा योजना लागू भएको कार्यालयका सव–इञ्जिनियर दीपक खनालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले योजनाको जिम्मा पराजुली होम निर्माण सेवा कम्पनीलाई दिएको थियो । जसअन्तर्गत हालसम्म सात सय घरधुरीमा खानेपानीका धारा जडान भइसकेका छन् । योजना सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म छ । गाउँपालिकाभर सात सय घरधुरीमा धारा निर्माणका लागि कम्पनीसँग रु छ करोड ६० ला...
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, १८ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । ...
हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
भक्तपुर, १८ चैतः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । आज रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको पत्रकार सञ्चार संवाद कार्यक्रममा उहाँले कुनै पनि बाहनामा हुने आपराधिक र हिंसात्मक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने अधिकार छ तर चैत १५ गते राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको छ । त्यसदिन भएका सबै गतिविधि हिंसात्मक एवं आपराधिक भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।” एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दैै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा फेरि एकात्मक शासन र हिन्दू राज्यसहित...
मुसहर बस्तीमा सामुदायिक शौचालय

मुसहर बस्तीमा सामुदायिक शौचालय

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
लहान (सिरहा), १८ चैत : यहाँको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त शौचालय १४ कोठे रहेको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मुसहर समुदायमा सरसफाइको कमीका कारण धेरै रोग लाग्ने र घरघरमा शौचालय बनाउँदा सही रुपमा प्रयोग नहुने हुँदा सामुदायिक शौचालय निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो । ४१ घरधुरीले प्रयोग गर्ने शौचालय सञ्चालनका लागि मासिक प्रति घर परिवार रु एक सयका दरले रकम सङ्कलन गर्नेछन् । रु २८ लाख ६२ हजार आठ सय आठ लागतमा शौचालय निर्माण गरिएको परियोजनाका इञ्जिनियर सुन्दर साहले जानकारी दिनुभयो । दलित जन क...
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
कञ्चनपुर, १८ चैत : यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् । त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुग्नु भएका उहाँ सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुग्नुभयो । उहाँसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ । त्यसपछि उहाँ महेन्द्रनगर बजार हुँदै झलारी बजार झर्नुभयो । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीला...
प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उहाँले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिनुभयो । सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलगायत नेता हुनुहुन्थ्यो ।...
तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उहाँले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । उहाँले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी हुनुहुन्थ्यो ।...
‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’

‘दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
कैलाली, १८ चैत: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गरिने बताउनुभएको छ । आज यहाँ दुग्ध विकास संस्थान सञ्चालनका लागि जग्गाप्राप्ति कार्यदलका संयोजक गोपालदत्त भट्ट नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले संस्थान सञ्चालनका लागि प्राविधिक समस्या समाधान गरी प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो । सम्बन्धित मन्त्रालयका मन्त्रीसँगको छलफलपश्चात् दुग्ध विकास संस्थान कहाँ स्थापना गर्ने भन्ने विषयमा छलफल गर्ने भन्दै मुख्यमन्त्री शाहले अन्य प्राविधिक समस्या भए ती कुरा सुल्झाएर मात्र अगाडि बढाउन लाग्ने बताउनुभयो । जग्गा प्राप्ति कार्यदलले दुग्ध विकास संस्थान, धनगढी, दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा प्राप्तिका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसहित पहल गरिदिन मुख्यमन्त्...
गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, १८ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताउनुभएको छ । काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताउनुभयो । यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उहाँले उल्लेख गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण ...