Monday, May 4News That Matters

Tag: @news

कुनै पनि आन्दोलन र प्रदर्शनीबाट नागरिकलाई खतरामा नपार्न आग्रह

कुनै पनि आन्दोलन र प्रदर्शनीबाट नागरिकलाई खतरामा नपार्न आग्रह

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
गण्डकी, १६ चैतः जुनसुकै नामका आन्दोलन र प्रदर्शनीबाट आमनागरिकको जीवन खतरामा नपार्न सरोकार भएकाहरूले सबै पक्षलाई आग्रह गरेका छन् । आज पोखरामा समसामयिक राजनीतिक विषयका सम्बन्धमा प्रजातान्त्रिक विचार समाज नेपालद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी वक्ताले कुनै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पु¥याउने काम दण्डनीय भएको बताएका हुन् । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले धर्मलाई राजनीतिसँग जोड्न नहुने धारणा राख्नुभयो । लोकतन्त्रले हिंसा गर नभनेकाले हिंसा दण्डनीय अपराध भएको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रियताको प्रतिक राजा हुन सक्दैनन्, राजा खोपीमा हुँदा पनि राणाले देश जोगाएकै थिए । हरेक नेपालीमा राष्ट्रप्रतिको माया हुन्छ ।” समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले देशमा राजनीतिक अस्थिरता ल्याउने काम कहीँ कतैबाट ह...
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत: राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गर्नुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्...
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा अध्यक्ष दाहालको जोड

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा अध्यक्ष दाहालको जोड

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।” राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई ...
‘गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’

‘गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
लुम्बिनी (मर्चवार), १६ चैतः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनुभएको छ । लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उहाँले नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताउनुभएको हो । सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गर्नुभयो । उहाँले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गर्नुभयो । उहाँले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन हुँदैन भन्नुभयो । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, विचार, समाचार, स्थानीय तह विशेष
भैरहवा (रूपन्देही), १६ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए ।...
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै

घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
सुन्दरबजार (लमजुङ), १६ चैतः नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । बेँसीसहरमा आज पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिइएको हो । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्...
जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार
भक्तपुर, १५ चैतः पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जम्मा छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्कियौँ ।” उहाँले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताउनुभयो । आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको...
बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, १५ चैतः नेपाली चलचित्र उद्योगलाई थप समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय सङ्घसंस्थासँग सहकार्य गरेको छ । बोर्डले मातृभाषी चलचित्र प्रवर्द्धनका लागि विभिन्न १५ वटा सङ्घसंस्थासँग रु ३४ लाख ५० हजार बराबरको सम्झौता गरेको हो । सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्डका पदाधिकारी, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासङ्घका प्रतिनिधिहरू र विभिन्न जातीय सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो । यस कार्यक्रमअन्तर्गत १५ सङ्घसंस्थासँग सहकार्य गर्ने सहमतिसहित रु ३४ लाख ५० हजार बजेट स्वीकृत गरी सम्झौता गरिएको बोर्डले जनाएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घ, थारु चलचित्र तथा सांस्कृतिक सङ्घ, तामाङ...
औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
मुस्ताङ, १५ चैतः चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको प्रहरी चौकी घाँसा चेकपोष्टमा बिहीबार साँझ ५ः०० देखि आज साँझ ५ः०० बजेसम्म नौ हजार पाँच सय ९२ जना तीर्थालु यहाँ भित्रिएका छन् । ...
अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १५ चैतः वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाल...