Day: December 31, 2024

जनवरी १ः इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत

जनवरी १ः इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्य...
‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’

‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
डडेल्धुरा, १६ पुसः सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले आआफ्नो क्षेत्राधिकारमा रहेर काम गरिरहेका भए पनि विगतमा पछाडि परेका सुदूरपश्चिमजस्ता क्षेत्रलाई लक्षित गरी विशेष नीति अङ्गीकार नगर्दा सङ्घीयताबाट बढी लाभ लिने अवस्था अझै बन्न नसकेको सरोकार भएकाहरूको भनाइ छ । डडेल्धुराको पर्शुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशका स्थानीय तह प्रमुखहरूको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को उद्घाटन समारोहमा सहभागी वक्ताले सो कुरा बताएका हुन् । विभिन्न विषयमाथिको विमर्शका क्रममा वक्ताहरूले सामाजिक, आर्थिक, स्रोतको उपलब्धता र भौगोलिकलगायत विविधतालाई सम्बोधन गर्न समानुपातिक विकासका निम्ती सङ्घीयता ल...
कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, १६ पुसः कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्रा डा दयाराम श्रेष्ठ(सम्भव)लाई सम्मान गरिएको छ । उहाँलाई रु ५० हजार नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरि...
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
टक्सार (भोजपुर), १६ पुसः कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो । भोजपुरको उत्तर षडानन्द नगरपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नुभएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति हो । कविता कृतिभित्र ५८ वटा कविता समावेश गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लास्थित त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शङ्करकुमार राई, बाबुराम ओझा र सङ्ग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठलगायतले क...
‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कर्णाली, १६ पुसः कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ । यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ । देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ...
बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक

बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
वालिङ (स्याङ्जा), १६ पुसः यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् । सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुनाटपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टविन बनाउने सीप हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभयो । “प्रायःजसो पढाइलेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका पुस १४ र १५ गते दुई दिन फरक दृश्यमा देखिए”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक आफूले जानेका सीप तथा अनुभव नयाँ पुस्तालाई सिकाउँदै हुनुहुन्थ्य...
पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुसः समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो । ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो । शिविरिमा वर...
बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
म्याग्दी, १६ पुसः बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे । “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उहाँले भन्नुभयो, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।” करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्...
उत्तगरगयाधाम वेत्रावतीः हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

उत्तगरगयाधाम वेत्रावतीः हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
त्रिशूली (नुवाकोट), १६ पुसः पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो । उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो । “सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र ...
सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
सोलुखुम्बु, १६ पुसः सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शा...