Thursday, April 16News That Matters

Day: December 31, 2024

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
पथरी (मोरङ), १६ पुसः एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा । मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास गरिरहेका हुन्छन् राकेश राई । उहाँले विद्यार्थीलाई नेतृत्व गरिरहेका हुन्छन् । प्रशिक्षक राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने । क्रिकेट खेलमै जीवन बिताएका उनको सपनालाई साथ दिए कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ । दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्...
विचारः बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता

विचारः बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुसः आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । भारतमा निर्वासनमा रहनुभएका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । निर्वासनको यो आठ वर्ष बिपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र सङ्घर्षयुक्त रहे । निर्वासनबाट स्वदेश फर्कनु स्वयं बिपीका लागि, नेपाली कांग्रेसका लागि र समग्रमा नेपालका लागि निकै महत्वपूर्ण राजनीतिक खुड्किलो रहेको त्यसबेला स्वीकार गरिएको थियो वा अहिले पनि सान्दर्भिक र सामयिक छ । निकै जोखिम मोलेर नेपाल फर्कने सन्दर्भ बिपीको निकै ठूलो साहस...
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
घोराही (दाङ), १६ पुस : यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गर्नुभयो । उहाँ १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किनुभएको हो । हाल उहाँ टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ । वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, ...
राजमार्ग छेउमा मकै पोलेरै जिविका

राजमार्ग छेउमा मकै पोलेरै जिविका

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बेलबारी (मोरङ), १६ पुसः यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ । बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका उहाँले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थाल्नुभएको हो । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका ब...
चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
वेदकोट (कञ्चनपुर), १६ पुसः चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जँुगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उहाँको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा कम छैन । उहाँले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहनुभएको छ । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उहाँले भन्नुभयो, “डोरी बेचेरै पेट पालिएको छ ।” डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिनुहुन्छ । फुर्सदमा उहाँ चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्नुहुन्छ । भीमदत्त र बेदकोट नगरपालिकाक...
‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ । आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा बुद्धिजीविहरूले देश र जनताको पक्षमा आफ्नो ज्यानलाई बाजीमा राखी स्वदेश फर्किएर विपी कोइरालाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएको बताउनुभयो । राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विपी कोइरालाको राजनीतिक प्रभाव र सक्रिय गतिविधिका कारण २०३६ सालमा आमनिर्वाचन घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुपरेको चर्चा गर्दै उहाँहरूले उहाँ एक सच्चा राष्ट्रवादी, दूरदर्शी, बौद्धिक एवं साहसिक नेता हुनुहुन्थ्यो भन्नुभयो । सो अवसरमा नेपाली कांग्र...
पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कास्की, १६ पुस : पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् । कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे । यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले हराएका थिए । यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अङ्कले पराजित गरी उपाधि जितिन् । खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गर...
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’

‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
पाटन (ललितपुर), १६ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने बताउनुभएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि राष्ट्रिय बालअधिकार परिषदद्वारा आज ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री सु¬ुडीले बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यका साथै कानूनको प्रभावकारी कार्यान्वयन गरी बालविवाह अन्त्य गर्न सबैको एकबद्धता जरूरी रहेकामा जोड दिनुभयो । “कानुनले निर्दिष्ट गरेका कुरा पालना गर्दै बालविवाह अन्त्य गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्छ, बालबालिकाको शिक्षादिक्षा र रोजगारको सुनिश्चितता गर्दै देशको समृद्धिका लागि समन्वय, सहकार्य र सहअस्तित्व जरूरी छ, बालविवाहले शारीरिक र मानसिक शोषण गर्छ, तसर्थ यस...
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
रामपुर (पाल्पा), १६ पुस : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताउनुभयो । महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्‍याउने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर क...
गुलरियामा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गरिँदै

गुलरियामा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गरिँदै

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गुलरिया (बर्दिया), १६ पुस : बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न थालिएको छ । बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्‍याउने आयोजनाको लक्ष्य छ । गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताउनुभयो । विसं २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ । गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताउनुभयो । “किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ”, उहाँले भन्नुभयो । ...