‘बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ’
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बुटवल (झुम्सा), १६ पुस : खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री यादवले भन्नुभयो, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी यहाँका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने सरकारको लक्ष्य छ । सोहीअनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुनेगरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी दिनुभयो ।
करिब रू छ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरू भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोला...






