Wednesday, April 22News That Matters

Author: review khabar

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अनुगमन

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अनुगमन

पर्यटक, फिचर
काठमाडौँ, ५ साउन साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज पशुपतिनाथ मन्दिरसहित पशुपति क्षेत्रको अनुगमन गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले अनुगमनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गर्नुभएको हो । उहाँले दर्शनार्थीसँग समेत कुराकानी गर्नुभयो । दर्शनार्थीले छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएको प्रतिक्रिया दिएका थिए । यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको भक्तजनको अनुभव छ । दर्शनका लागि निःशुल्क बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखिएको रामकोटबाट आउनुभएकी दर्शनार्थी रमा रिमालले जानकारी दिनुभयो । यसले अशक्त तथा ज्येष्ठ ना...
‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’

‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’

समाचार
बारा, ५ साउन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ । बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाउनुभयो । “सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भन्नुभयो,“सङ्घीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेद्यन सकेनन् ।” उहाँले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष डा राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताउनुभयो ।...
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

Breaking News
काठमाडौँ, २ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ । प्रगतिशील कानुन व्यवसायीहरूको अन्तरराष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गर्नुभयो । “हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तरराष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ ।”, प्रधानमन्त...
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री

Breaking News, फिचर
काठमाडौँ, २ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’द्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनुभयो । “यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्”, प्...
प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

Breaking News, फिचर
काठमाडौँ २ साउन प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेय खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । “नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही किसिमको माया र विश्वास प...
बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

राजनीति
नेपालगञ्ज, २ साउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै जान थालेका छन् । घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाब दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगञ्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले छिटफुट रुपमा पतिले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध बिच्छेदको फैसला हुने गरेको बताउनुभयो । “श्रीमान (पुरुष)ले पनि म पिडीत भए भनेर मुद्दा दर्ता गर्नुभएको हुन्छ, तर सम्बन्ध बिच्छेद कम भएको हुन्छ”, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०८१÷८२ मा सम्बन्ध बिच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फस्र्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा सम्वन्ध बिच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४...
हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

फिचर, राजनीति
काठमाडौँ, २ साउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो । अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटाँैडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी क...
विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

फिचर
असार ३०, २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रूत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूमा आह्वान गरेका छन्। विपद्पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ । “मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता टड्कार...
युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय

युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय

समाचार
असार ३०, २०८२ काठमाडौँ — प्रेस काउन्सिलनेपालले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। काउन्सिलको शुक्रबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलमा हाल अध्यक्ष नियुक्त भएका छैनन्। शुक्रबार बसेको बैठक सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको थियो। बैठकले पत्रकार र प्रेसका विषयमा अदालतमा पुगेका विषय, कतिपय पत्रकारबाट भएका प्रेस स्वतन्त्रता दुरुपयोगका गतिविधि र प्रेसमा देखिएका आर्थिकलगायत विभिन्न सङ्कटका विषयमा छलफल भएको थियो। बैठकले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहींकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यस्तै, पत्रकार र सञ्चार माध्यमलाई आचारसंह...
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री

Breaking News, फिचर
काठमाडौँ, ३० असार प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, विहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताउनुभयो । उहाँले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गर्नुभयो । “कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुुरुङ दम्पत...