Wednesday, April 22News That Matters

Author: review khabar

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

अर्थ
शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर डा.विश्वनाथ पौडेलले उद्घोष गरेका छन् । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा.पौडेलले घोषणा गरेका छन् । मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरिएको छ ।  गभर्नर डा.पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैङ्कले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।  ...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

फिचर, समाचार
असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ । नेपालमा गत जेठ १५ गते नै मनसुन भित्रिए पनि मधेश प्रदेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन । बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्‍चार तथा कानुनमन्त्री राजकुमार लेखीले इकान्तिपुरलाई जानकारी दिए ।   रोपाइँ गर्ने बेलामा पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मन्त्री लेखीले बताए । 'पानी नपरेपछि यहाँका किसान पीडित छन् । किसानलाई के कस्तो राहत र सेवा सुविधा दिन सकिन्छ भनेर संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । पानी नपरेपछि धान रोप्न मात्र नपाएको होइन, अन्य बाली पनि सप्रेको छैन ।' प्रदेश सरकार आफैंले पनि केही राहत घोषणा गरेको छ भन्ने प्रश्नमा मन्त्री लेखी...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

अर्थ, फिचर
असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । राष्ट्र बैंकका अनलाइन प्लाटफर्म मार्फत जारी मौद्रिक नीतिको घोषणा सकेपछि पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याएका हुन् । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।...
रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

फिचर
रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोजगारमार्फत १५५२ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स (वैदेशिक मुद्रास्प्रवाह) प्राप्त गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५% ले बढी हो। यस्तो वृद्धिले नेपाली अर्थतन्त्रमा सकारात्मक ऊर्जा थपे पनि, नजिकिँदै गरेको चाडपर्वको सन्दर्भमा महँगी बढ्ने चिन्तालाई भने कम गर्न सकेको छैन।  तथ्यांक अनुसार: २०७९ असार–२०८० जेठसम्म प्राप्त रेमिट्यान्स: १३४३ अर्ब रुपैयाँ २०७८ असार–२०७९ जेठसम्मको तुलनात्मक वृद्धि: १५.५% रेमिट्यान्सको मुख्य स्रोत देशहरू: साउदी अरब, कतार, मलेसिया, युएई, दक्षिण कोरिया, जापान, अमेरिका  देशको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका रेमिट्यान्स नेपालको विदेशी मुद्रा सञ्चिति र उपभोग खर्चमा मुख्...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

राजनीति
रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) ले बैठक बहिष्कार गरेका छन्।दुवै पार्टीले सरकारले ‘भ्रमण भिसा काण्ड’मा कुनै पनि प्रभावकारी छानबिन नगरेको भन्दै विरोधस्वरूप बैठकमा सहभागी हुन अस्वीकार गरेका हुन्।  बहिष्कारको कारण: भ्रमण भिसा प्रकरण हालसालै सार्वजनिक भएको भ्रमण भिसा दुरुपयोग काण्डमा सरकारी कर्मचारी तथा दलनिकट व्यक्तिहरूको संलग्नता रहेको आशंका सार्वजनिक भएपछि यो विषयले राजनीतिक तवरमै चासो पाएको छ।आरएसपी सांसद शोभिता गौतम र अनिशा नेपाली लगायतका नेताहरूले संसदभित्रै उभिएर सो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। सांसदहरूको भनाइ शोभिता गौतमले भनिन्, “भ्रमण भिसाको नाममा वैदेशिक रोजगारी, मानव तस...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

Breaking News
 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक मार्गमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले चीन–नेपाल जोड्ने मैत्री पुल पूर्ण रूपमा बगाएको छ।यस घटनाले केवल जनधनको क्षति मात्रै होइन, देशको आर्थिक संरचना र आगामी चाडपर्वको तयारीमा पनि गम्भीर असर पारेको देखिन्छ।  क्षतिको विवरण: हालसम्म ९ जनाको शव फेला परेको पुष्टि गरिएको छ। ३१ जना अझै बेपत्ता छन्, जसमा नेपाली, चिनियाँ, र भारतीय नागरिकहरू रहेको जानकारी प्राप्त भएको छ। नेपाली सेना, प्रहरी, र उद्धारकर्मीहरू मिलेर ५५ भन्दा बढी व्यक्तिको उद्धार गरिसकेका छन्। घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको बताइएको छ।  पूर्वाधारमा व्यापक क्षति बाढीले विद्युत् उत्पादन केन्द्रहरू, प...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

Breaking News
म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताउनुभयो । करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उहाँले बताउनुभयो । आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारव...
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

Breaking News
तस्बिर : जिल्ला प्रहरी कार्यालय भद्रपुर (झापा), २५ असार यहाँको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु-याइएको थियो । उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ । गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्र...
संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्‌बाट पारित

संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्‌बाट पारित

समाचार
असार २५, २०८२ काठमाडौँ — प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त विधेयक राष्ट्रिय सभाको सन्देशसहित पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाको सन्देशसहित निर्णयार्थ पेस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक बहुमतले पारित भएको थियो । राष्ट्रिय सभाले विधेयकमा गरेको व्याख्या प्रतिनिधिसभाले स्वीकार गरेको हो । विधेयकमाथि मंगलबारको बैठकमा छलफल भएको थियो । सत्तारुढ दलका सांसदहरूबीच नै अन्योल उत्पन्न भएपछि उक्त विधेयक निर्णयार्थ पेस गरिएको थिएन । प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा ...
बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फिचर
काठमाडौँ २५ असार बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।...