Wednesday, April 22News That Matters

Author: review khabar

वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड

वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड

फिचर, समाचार
वीरगञ्ज (पर्सा), २५ असार वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् । वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गर्नुभएको थियो । उहाँको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ । ...
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादवविरूद्ध चलेका ७ मुद्दा

एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादवविरूद्ध चलेका ७ मुद्दा

Breaking News
काठमाडौं, असार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार यादवविरूद्ध पहिल्यै सात वटा मुद्दा चलिसकेको खुलेको छ। उनको आपराधिक पृष्ठभूमि हेर्दा यादवविरूद्ध सात वटा मुद्दा चलेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए। उनी अशोक राई नेतृत्वको जसपाको मधेस प्रदेश अध्यक्षसमेत हुन्। डिएसपी राईका अनुसार उनीविरूद्ध एउटा चोरी मुद्दा, पाँच वटा अभद्र व्यवहारको मुद्दा र एउटा ज्यान मार्ने उद्योगको मुद्दा चलेको छ। यादवले बिहीबार राति एसपी खड्कालाई फोन गरी ‘लुटेरा’ को संज्ञा दिएका थिए। उनले प्रहरीले व्यापारीहरूलाई दु:ख दिएको भन्दै टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेका थिए। उनीहरूबीचको टेलिफोन संवाद बाहिरिएपछि जिल्...
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल

फिचर
असार २१, २०८२ काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन्। महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनले उल्लेख गरेका छन्। जनयुद्धका बेला भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा गीत, संगीत र नृत्यले बढी भूमिका खेलेको बताउँदै उनले आगामी निर्वाचनको लडाइँमा पनि संगीतमार्फत निर्णायक भूमिका खेल्ने बताए। अध्यक्ष दाहालले भने, 'आउँदो ०८४ साललाई हामीले न...
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

समाचार
काठमाडौँ, २१ असार नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुुझ्न भ्रमणमा आएको अवगत गराउनुुभयो । प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीस...
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

फिचर, समाचार
गोरखा, २१ असार गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिनुभयो । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उहाँको भनाइ छ । “प्रत्येकलाई किसानलाई रु २०/२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर छ हर्जपावर क्षमताको रहेको उहाँले बताउनुभयो । वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१/८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्ट...

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

समाचार
काठमाडौँ, २० असार जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ । विभागले कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण सार्वजनिक गरेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो । यसअघि विभागले गत जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आकलन सार्वजनिक गरेको थियो । अहिले फेरि मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आकलन सार्वजनिक गरेको हो । जसअनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीको अधिकांश भूभ...
जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

शिक्षा
कीर्तिपुर (काठमाडौँ), २० असार मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी ...
प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

Breaking News
काठमाडौँ, २० असार प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गर्नुभयो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्...
मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ ।

मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ ।

फिचर
सिराहा, २० असार यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिनुभयो । आज यहाँ आयोजित ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसिलिटी क्लिनिक प्रालि’को उद्घाटन गर्दै मन्त्री सिंहले भन्नुभयो, “लामो समयदेखि यहाँका जनताको माग पुरा गर्न हामीले दुईवटा सिटी स्क्यान उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौँ । अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ ।” मन्त्री सिंहका अनुसार उक्त उपकरण खरिदका लागि रु १९ करोडको लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ । त्यसैगरी उहाँले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ६५ करोड विनियोजन गरेको उल्...
लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

Breaking News
सिराहा, १६ असार लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो । रु सोह्र लाख ४४ हजारको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताउनुभयो । ...