Wednesday, April 22News That Matters

Author: review khabar

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

समाचार
धरान (सुनसरी), १६ असार धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । “वर्षदिन भयो पुल भत्किएको पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ,” स्थानीय जीवन तामाङले भन्नुभयो, “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ । अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन ।” उहाँका अनुसार पुल भत्किएपछि पैदल यात्रुले जोखिम मोलेर आवतजावत गरिरहेका छन्भने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । “सवा...
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

समाचार
कञ्चनपुर, १६ असार कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उहाँले बताउनुभयो । धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन् । त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ । सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ । वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । महाकाली सिँचाइको सुवि...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै : पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै : पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने

समाचार
काठमाडौँ १६ असार पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो । यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले जानकारी दिनुभयो । बैठकले तोकिएको समयमा महाधिवेशन गर...
आँप उत्पादनमा कमी

आँप उत्पादनमा कमी

समाचार
सिरहा, १६ असार सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार आठ सय ९५ हेक्टर मात्र उत्पादनयोग्य रह्यो । यस वर्ष प्रति हेक्टर ६.६३ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ११.०२ मेट्रिक टन प्रति हेक्टर भन्दा निकै कम हो । केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार आँप उत्पादनमा गिरावट आउनुको मुख्य कारण एक वर्ष प्रशस्त फल लाग्ने र अर्को वर्ष तुलनात्मक रुपमा कम फल लाग्ने प्रकृतिक कारण हो । त्यसैग...
समालोचनाबीच सक्रिय राजनीतिक प्रवेश

समालोचनाबीच सक्रिय राजनीतिक प्रवेश

फिचर
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेमा सामेल — समालोचनाबीच सक्रिय राजनीतिक प्रवेश  ऋषु मिश्रा काठमांडू, असार १६, २०८२ — सात वर्षको राष्ट्रपति कार्यकाल पछि पार्टीसँग अलग रहेकी विद्यादेवी भण्डारी ले पुनः नेकपा (एमाले) को सदस्यता ग्रहण गरेकी छन्। उनले काठमाडौंस्थित मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा औपचारिक रूपमा आफ्नो पार्टी सदस्यता नवीकरण गर्दै भनेकी छन्, “अब म एमाले परिवारको हिस्सा बनेपछि गर्वित महसुस गर्छु।” भण्डारीले गत केही महिनादेखि देशभरि पार्टी काडरहरूसँग जोडिएका भेटघाट र चीन भ्रमणमार्फत सक्रिय राजनीतिक प्रतिष्‍ठा निर्माण गर्न लागेकी थिइन्। विशेषतया, उनको चीन भ्रमणलाई लामो समयपछि पदचुकी खुट्टा जमाउने राजनीतिक रणनीतिका रूपमा हेरिएको थियो। यस निर्णयले सत्तारुढ् एमाले भित्र गहिरो ध्रुवीकरण निम्त्याएको छ। प्रधानमन्त्री–एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई दलमा अनावश्यक व...
करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

Breaking News
गुल्मी, १४ असार गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ । धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते हुनुभएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताउनुभयो । “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उहाँले भन्नुभयो ।...
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Breaking News
काठमाडौँ, १४ असार  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे...
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

Breaking News, फिचर
काठमाडौँ, १४ असार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ । मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनर...
स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीले दिए जानकारी, यस्तो छ तालिका

स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीले दिए जानकारी, यस्तो छ तालिका

फिचर
असार १४, २०८२ काठमाडौँ — प्रधामन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने स्पेन भ्रमणबारे संसद्‌लाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको 'विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी हुन आज साँझ उनी स्पेन प्रस्थान गर्दै छन् ।   स्पेनको सेभिया सहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता रहने गरेको छ । आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा भोलि बिहान पुग्ने तालिका छ । प्रधानमन्त्रीको टोलीमा २१ जना सहभागी हुनेछन् । यसमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधिसमेत रहनेछन् । परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्र...
एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै

एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै

Breaking News
असार १३, २०८२ काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बसेको बैठकले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।...