Sunday, May 3News That Matters

Author: review khabar

श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
श्रीलङ्काको केन्द्रीय बैङ्कले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको छ । बैङ्कले देशभर डिजिटल भुक्तानीहरू अपनाउनलाई तीव्रता दिने उद्देश्यले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको एक विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति अनुसार,“गभर्नरले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्न तथा आधुनिक प्रविधि र डिजिटल भुक्तानीको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो ।” उहाँले सरकारी संस्था र वित्तीय संस्थाको संलग्नतामा डिजिटल भुक्तानीलाई सबैमाझ लोकप्रिय बनाउनु पर्नेमा जोड दिनुभयो । डिजिटलाइजेसनको माध्यमबाट दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न केन्द्रीय बैङ्कले गरेको पहलको शृङ्खलामा यो सचेतना अभियान पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो । स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।” उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एक जनाको अस्पतालमा मृत्यु भएको थियो।” केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ। घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ । सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रकहरू खटाएको छ । आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारहरूसँग बताउनुभयो ।...

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ । साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत विक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन् । बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन विक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सिमित भ...

‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय
अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो । यो मिसनलाई ब्लु ओरिजिनले एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । “लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ । “न्यू ग्लेनले अन्तरिक्षको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा ‘कार्मन लाइन’ पार गरेको छ!” फर्मले प्रक्षेपणको केही मिनेटपछि गरेको पोस्टमा उल्लेख छ । न्यू ग्लेन इ...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते, खतरामुक्त रहेको चिकित्सकको भनाइ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, मनोरञ्जन
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ सख्त घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उहाँलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उहाँको मेरुदण्डनजिकै रहेको जनाएको छ । खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबीच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो । बलिउड अभिनेता खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उहाँको अवस्था खतरामुक्त रहेको र अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएक...

गाजा युद्धविराम: सहायता अवरोध हटाउनु अत्यावश्यक रहेको राष्ट्रसङ्घका प्रमुखको भनाइ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउनु ‘अत्यावश्यक’ भएको बताउनुभएको छ । गुटेर्रेसले प्यालेस्टिनी भूभागको ‘अखण्डता’को सम्मान गर्न र शान्ति कायम गर्न सक्षम ‘एकीकृत’ प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ । यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।” गुटेर्रेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गर्नुभएको छ । राष्ट्रसङ्घका...

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय
इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन् । उहाँले भन्नुभयो, “हामी आशा गर्दछौं कि यो युद्धको अन्तिम चरण हुनेछ । सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।” मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम बिषयमा’ मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी ...

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ

Breaking News, Breaking News 1, Breaking News 2, समाचार
काठमाडौँ, ३ माघः सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् । उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

Breaking News, Breaking News 1, Breaking News 2, राजनीति
काठमाडौँ, २ माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताउनुभयो । “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उहाँले भन्नुभयो, “एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने छ ।” मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ । उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह...