Wednesday, April 22News That Matters

Author: review khabar

एसईई नतिजा आज प्रकाशन हुने ?

एसईई नतिजा आज प्रकाशन हुने ?

Breaking News
१३ आषाढ २०८२, शुक्रवार   काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’ यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन् । बोर्...
सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्री

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्री

समाचार
असार १३, २०८२ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ‘हुम्ला अब टाढा छैन’ भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका छन्। 'हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।...
अर्घाखाँचीमा दाजुद्वारा भाइको हत्या

अर्घाखाँचीमा दाजुद्वारा भाइको हत्या

Breaking News
असार १३, २०८२ अर्घाखाँची — अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या गरेका छन्।   आपसमा भएको झगडाले उग्ररूप लिएपछि शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए। दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहेको र बिहीबार राति दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति १ बजे मृत घोषणा गरेको थियो ।...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समाचार
काठमाडौँ, १३ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु...
सिरहाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

सिरहाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

Breaking News
असार १२, २०८२ सिरहा — सिरहाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका–४ ठाँडी बजारबाट ब्राउन सुगरसहित बुधबार दुई भारतीय पक्राउ परेका हुन् ।   प्रहरीका अनुसार, पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लास्थित ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय रामनारायण साह र ग्राम पञ्चायत गोइत प्रसाहीका २७ वर्षीय राजन बाबु साह छन् । उनीहरूको साथबाट ४० ग्राम ब्राउन सुगर बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले उनीहरू सवार भारतीय नम्बर प्लेटको बीआर ३२ एडी ६९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा

आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा

Breaking News 1, अन्तर्राष्ट्रिय, फिचर
काठमाडौँ — परराष्ट्र मन्त्री आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा जाँदैछिन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सम्मेलनमा भाग लिन उनी इटली भ्रमणमा जान लागेकी हुन् ।   मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असार १३ गतेदेखि असार २९ सम्मको उनको यात्रालाई स्वीकृति प्रदान गरेको हो । रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणा भाग लिनेछिन् । असार १४–२० सम्म उक्त सम्मेलन हुँदैछ । परराष्ट्र मन्त्रालयले बिहीबार राणाको भ्रमणबारे जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सेसनलाई सम्बोधन गर्ने छिन् । मन्त्रीको टोलीमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । उक्त सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटली र जर्मनीमा लगानी बोर्डले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभाग...
‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

Breaking News, प्रदेश
सुदूरपश्चिम, १२ असार साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताउनुभयो । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषाण गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन् । उहाँले भन्नुभयो, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा ...
प्रस्तावित न्यायाधीश र न्याय परिषद्‌‌ सदस्यविरुद्ध संसदीय समितिमा सात उजुरी

प्रस्तावित न्यायाधीश र न्याय परिषद्‌‌ सदस्यविरुद्ध संसदीय समितिमा सात उजुरी

Breaking News
असार १२, २०८२ काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्का एक जना सदस्यविरुद्ध संसदीय सुनुवाई समितिमा ७ वटा उजुरी परेका छन्। न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् भने अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीबारे जानकारी दिएकी हुन्। सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम प्रस्ताव भएको छ भने न्याय परिषद्को सदस्य पदमा महेशकुमार नेपालको नाम प्रस्तावित छ। समितिले सबै उजुरीकर्ताहरूलाई शुक्रबारको बैठकमा बोलाएर जानकारी लिने कार्यसूची बनाएको समितिकी सभापति न्यौपानेले बताइन्। त्यस्तै, असार १५ गतेको समितिको बैठकमा प्रस्तावित...
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा

रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा

फिचर
२०८२ असार १२ १२ असार, काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् ।ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् । न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलत: दुईवटा माग राखेको बताए । ‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा मनोनयन गरेको छ, मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको छ’ उनले भने, ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत् राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’ तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्...
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

Breaking News, अन्तर्राष्ट्रिय
काठमाडौं, असार १२ माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आदानप्रदान भएको छ। भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई जानकारी दिए। उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए। मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरू काम गर्ने संख्या बढिरहेको तर उनीह...