Thursday, April 30News That Matters

Author: review khabar

सिरियामा महिलाले समुन्द्री किनार जाँदा बुर्का वा पूरै शरीर ढाकिने कपडा अनिवार्य लगाउनुपर्ने

सिरियामा महिलाले समुन्द्री किनार जाँदा बुर्का वा पूरै शरीर ढाकिने कपडा अनिवार्य लगाउनुपर्ने

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ काठमाडौँ — सिरियाले सामुन्द्रिक किनारमा जाँदा महिलाहरूले लगाउने पोसाकसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिकाले महिलालाई समुन्द्री किनारमा जाँदा पनि बुर्का वा पूरै शरीर ढाकिने कपडा लगाउन अनिवार्य गरेको हो ।   गत वर्षको मंसिरमा राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेका थिए । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरिर अल सामले नयाँ नेतृत्व सम्हालेको थियो । नयाँ सरकारले जारी गरेको यस्तो निर्देशिकालाई अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनले सिरियामा देखिएको पछिल्लो 'कल्चरल सिफ्ट' भनेर टिप्पणी गरेको छ । पर्यटन मन्त्रालयले भने निर्देशिकालाई सार्वजनिक हितमा जारी गरिएको भनेको छ । पर्यटनमन्त्री माजेन अल-सल्हानीले सामाजिक संजाल फेसबुकमा 'स्थानीय हुन् वा विदेशी पर्यटक- उनीहरूले समाजका विभिन्न तप्काको संवेदनशीलता र आममानिसक...
‘भिजिट भिसा प्रकरणको छानबिन गर्न सैद्धान्तिक सहमति भइसकेको छ’

‘भिजिट भिसा प्रकरणको छानबिन गर्न सैद्धान्तिक सहमति भइसकेको छ’

Breaking News
जेष्ठ २८, २०८२ काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित विपक्षीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध गर्दै आएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने दिन जेठ १५ मा संसद्को अवरोध हटे पनि त्यसयता प्रतिनिधिसभाका बैठकहरू अवरुद्ध हुँदै आएका छन् ।   भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागबाट विपक्षीहरू पछि हटेर छानबिन समिति बनाउन तयार भए पनि सहमति हुन सकेको छैन । सत्तापक्ष र विपक्षीबीच छानबिन समितिको 'टीओआर' मा सहमति हुन नसक्दा संसद्को गतिरोध कायम छ । संसद गतिरोध हटाउन भइरहेका बैठकमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले दलहरूबीच सैद्धान्तिक सहमति भए पनि अन्तिम रूप दिन बाँकी रहेको बताएका छन् ।  ...

भिजिट भिसा प्रकरण : फेरि सर्‍यो प्रतिनिधिसभा बैठक

Breaking News
जेष्ठ २८, २०८२ काठमाडौँ — भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नहुँदा प्रतिनिधिसभा बैठक फेरि एकपल्ट सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ ।   बुधबार प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बसे पनि निष्कर्षबिना टुंगिएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।...
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

Breaking News
काठमाडौँ, २८ जेठ  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गर्नुभएको छ । सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले बताउनुभयो । सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वर्ल्ड एक्स्पो–२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृत...
गर्मीबाट कसरी बच्ने? स्वास्थ्य विशेषज्ञको सुझाव

गर्मीबाट कसरी बच्ने? स्वास्थ्य विशेषज्ञको सुझाव

Breaking News
 रिशु मिश्र११ जुन २०२५, काठमाडौं हाल देशका विभिन्न भूभागहरूमा अत्यधिक गर्मीको लहर फैलिएको छ। मौसम विभागका अनुसार आगामी केही दिनसम्म तापक्रम अझै बढ्ने संकेत देखिएको छ। यस्तो अवस्थामा विशेषज्ञहरूले गर्मीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। स्वास्थ्यमा पर्ने असरगर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, डिहाइड्रेशन, घामको प्रहार (स्ट्रोक), छाला जल्ने, थकान, टाउको दुख्ने जस्ता समस्याहरू देखिन सक्छन्। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले उनीहरूलाई अतिरिक्त सतर्कता अपनाउन सुझाव दिइएको छ। गर्मीबाट बच्ने उपायहरू धेरै पानी पिउनुहोस् – शरीरमा पानीको कमी हुन नदिन दिनभर ३–४ लिटर पानी पिउनुहोस्। हलुका र खुकुला लुगा लगाउनुहोस् – सेतो वा फिका रङका सूती कपडा लगाउनुस्। धूपबाट बच्न टोपी वा छाता प्रयोग गर्नुहोस् – आवश्यक परेको बेलामा मात्र बाहिर...
समाचार हटाउन अदालतले आदेश दिनु संविधानको व्यवस्था र मर्मविपरीत छ: पत्रकार महासंघ

समाचार हटाउन अदालतले आदेश दिनु संविधानको व्यवस्था र मर्मविपरीत छ: पत्रकार महासंघ

Breaking News
काठमाडौं, जेठ २८ पाल पत्रकार महासंघले समाचार हटाउन अदालतले आदेश दिनु संविधानको व्यवस्था र मर्मविपरीत रहेको बताएको छ। जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन अल्पकालीन अन्तिम आदेश दिएको थियो। ‘यसरी सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो। काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्था र मर्म विपरीत भएको महासंघको ठहर छ,’ महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ। जिल्ला अदालत काठमाडौंले नेपालखबर र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका...
अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

Breaking News
इनरुवा (सुनसरी), २८ जेठः अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी ...
कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

Breaking News
जनकपुरधाम, २८ जेठ ६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताउनुभयो । मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् । वैदिक उच्चारणसहित विवाह कार्यक्रम १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए । सतलोक आश्रमले आगामीदिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढा...
डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

Breaking News
काठमाडौँ, २८ जेठ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरीको डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर रु छ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र विसं २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी क...
लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेहरु धमाधम पक्राउ

लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेहरु धमाधम पक्राउ

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ अमेरिका — अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामारीलाई लिएर विरोध प्रदर्शन र हिंसापछि पक्राउ गर्न थालिएको छ ।   शहरको मुख्य क्षेत्रमा भारी संख्यामा सुरक्षा बल तैनाथ गरिएकफ छ । कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं प्रदर्शनकारीई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । यद्दपि सडकमा यूएस मरीन या नेशनल गार्डका सैनिकको उपस्थिति भने देखिएको छैन । हाल फेडरल ट्र्प्सको तैनाथी विवादास्पद छ । प्रदर्शनकारीलाई पक्राउ गर्दा उनीहरुलाई देखिएको छैन । एलएल प्रहरी विभागका अनुसार लस एन्जलसका कैयौं क्षेत्रमा कर्फ्यू लगाइएको छ । ठूलो संख्यामा पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ । एलए प्रहरीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘स्प्रिङ्ग र अल्मेडाको बीचमा एक स्ट्रिडमा कैयौं मानिसहरु समूहमा जम्मा भएका छन् ।’...