Thursday, April 30News That Matters

Author: review khabar

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News
जेष्ठ २८, २०८२ काठमाडौँ — पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीको साइबर ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नबीन्द अर्यालले पनि जयवीरले पाठकविरुद्ध उजुरी दिएको बताए ।   जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम 'टफ टक' मार्फत् ' हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे 'हिल्टनमा जयवीर देउवाको पैसा!' शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्। पाठकले सञ्चालन गर्दै आएको कार्यक्रम 'टफ टक' हाल युट्यूबमार्फत् प्रसारण हुँदै आएको छ।...
संसद् अवरोध : सभामुख र कानुनमन्त्रीसहित चार दलका प्रमुख सचेतक छलफलमा

संसद् अवरोध : सभामुख र कानुनमन्त्रीसहित चार दलका प्रमुख सचेतक छलफलमा

Breaking News
जेष्ठ २८, २०८२ काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरू छलफल गरिरहेका छन् । संसद् भवन नयाँ बानेश्वरमा रहेको सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको छ । छलफलमा उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्। भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । सत्तारूढ दलहरू एमाले र कांग्रेस...
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

समाचार
वालिङ (स्याङ्जा), २८ जेठः यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थाल्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गर्नुभएको हो । दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव संगाल्नुभएका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किनुभएको हो । स्वदेश फर्केको २–३ महिनापछि नै उहाँ व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढ्नुभएको हो । “स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ”, उहाँले भन्नुभयो, “आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ ।” मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थाल्नुभएक...
मुुलुक पुरानो व्यवस्थामा नफर्कने

मुुलुक पुरानो व्यवस्थामा नफर्कने

समाचार
दाना (म्याग्दी), २८ जेठ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुुक पुुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ । अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुुक पछाडि नफर्कने बताउनुभएको हो । “यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । साथै उहाँले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताउनुुभयो । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताउनुुभयो ।...
दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

अर्थ
काठमाडौँ, २८ जेठ चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो । सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु एक खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु ३८ अर्ब ६२ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा र...
आज अन्तरराष्ट्रिय खेल दिवस

आज अन्तरराष्ट्रिय खेल दिवस

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ, २८ जेठ ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।...
कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय
२७ जेठ २०८२, मंगलबार एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो । विस्फोटका कारण भवनहरू भत्किएका, पसलहरू ध्वस्त भएका र छरपस्ट भएको विवरण प्राप्त भएको छ । कोरिन्टो नगरमा, समाचार संस्था एएफपीका एक पत्रकारले नगरपालिका भवन नजिकै विस्फोट भएको सवारी साधनको जलेको र बिग्रिएको अवस्था देखेका थिए। सो भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । हालसम्म उक्त विस्फोट कसले गराएको भन्ने बारेमा यकिन विवरण सार्वजनिक नभए पनि यस क्षेत्रमा पहिलेका विद्रोही समूहका अलग समूहहरू ...
पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा

पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा

Breaking News
२७ जेठ २०८२, मंगलबार काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याएका छन् । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उनले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र  देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिए । ‘हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई  अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो’ उनले भने। सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरूमा भौतिक संरचनाको निर्माणमा समेत जोड ...
अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा

अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा

Breaking News
२७ जेठ २०८२, मंगलबार काठमाडौं– अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभाका एकजना सदस्यसहित १५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दाय गरेको छ । अख्तियारले लुम्बिनी/डी एण्ड एन जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दिपेद्रकुमार ठाकुर र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । ठाकुर हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य रहेका छन् । धनुषाको औरही गाउँपालिकाले १५ शय्याको अस्पताल बनाउने क्रममा बोलपत्र आह्वानदेखि नै भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा लगेको हो । आयोगका अनुसार, धनुषाको औरही गाउँपालिका–२ मा निर्माण हुने १५ शैय्याको प्राथमिक अस्पताल निर्माणसम्बन्धी करिब २४ करोड ४३ लाखको लागत अनुमान गरिएको ठेक्कामा बोलपत्...
पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

अन्तर्राष्ट्रिय
पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । यो निर्णय भारतसँगको पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि आएको हो, जुन पछिल्ला दशकहरूमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ । मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुबै आणविक शक्तिहरूबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछिमात्र युद्धविरामको घोषणा गरिएको थियो । मंगलबार साँझ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गर्नुभयो, जसको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुट्याइएको छ । यो अघिल्लो वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर) बाट बढेर यस वर्ष २.५५ ट्रिलियन रुपैयाँ पुग्नेछ । यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदको वार्ता भइरहेक...