Thursday, April 30News That Matters

Author: review khabar

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ
काठमाडौँ, २८ जेठः नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, च...
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

पर्यटक
दमौली (तनहुँ), २८ जेठ: उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् । त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बता...
बजेट के हुन्छ ?

बजेट के हुन्छ ?

फिचर
जेष्ठ २७, २०८२ स्थानीय सरकार सञ्चालन ऐनअनुसार असारको १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ । महानगरभित्र लामो समयको विवादले गरेर कार्यपालिका बैठक नै बस्न सकेको छैन । यी विवादकाबीच अब देशकै ठूलो आकारको बजेट ल्याउने स्थानीय सरकार काठमाडौं महानगरको बजेट अब के हुन्छ !यो प्रश्नमा प्रवक्ता मानन्धर भन्छन्, ‘हामीले तीन वटा बजेट बनाईसकेका छौं । अनुभव पनि भईसकेको छ । त्यसैले प्रकृया सबै पुराना हुन् । तर आगामी आर्थिक वर्षका लागि भने सबै वडाले तयारी गरिरहेका छन् । वडाबाट नागरिक स्तरबाट सुझाव संकलन गर्ने काम भईरहेको छ ।’ यसैगरी महानगर वडा ३० का अध्यक्ष कार्कीले नागरिक भेलाबाट आगामी वर्षको लागि योजना टिपेर तयारी साथ बसेको बताएका छन् । ‘हाम्रो वडाबाट आफ्नै तरिकाले बजेट बनाएका छौं,’ उनले भने, ‘नागरिकसँग भेला गरेर, यो वर्ष भएका कामको बारेमा जानकारी दिएर आफ्नै तरिकाबाट गत वर्षको आधारबाट वडास्तरीय बजेट ब...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

खेलकुद
काठमाडौँ, २८ जेठः आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन/तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...
स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

खेलकुद
२५ जेठ २०८२, आइतबार काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी खेलमा नेपालले विशाल लक्ष्य पाएको हो । स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो । स्कटल्याण्डका लागि कप्तान रिची ब्यारिङ्टनले शतकीय पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । त्यसैगरी, माइकल लिस्कले नट आउट ९६ रन जोडे । केबल ६२ बलको सामना गरेका उनले १२ चौका र ३ छक्का हिर्काए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई विकेट लिए । ललीत राजवंशीले एक विकेट हात पारे । नेपालले गत बुधबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टो...
प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार पटकपटक सरेर साँझ साढे ६ बजे बैठक सुरु भएको थियो ।   सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांसदहरुलाई बस्न आग्रह गरे पनि बस्न नमानेपछि सभामुखले बैठक जेठ २६ सोमबार दिउँसोसम्मका लागि स्थगित गरेका हुन् । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्‍मा अवरोध गर्दै आएका छन् ।...
प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ: सभापति देउवा

प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ: सभापति देउवा

फिचर
भक्तपुर, २५ जेठ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३औँ स्मृतिसभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै उहाँले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्नुभयो । सभापति देउवाले प्रजातन्त्र स्थापनामा योगदान दिने जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरी प्रचारप्रचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।” कार्यक्रममा पूर्वमन्त्री विम...
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

अन्तर्राष्ट्रिय
काठमाडौँ, २५ जेठ राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उहाँप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।...
संसद् खुलाउनेबारे दलहरू सहमतिनजिक

संसद् खुलाउनेबारे दलहरू सहमतिनजिक

Breaking News
जेष्ठ २५, २०८२ काठमाडौँ — प्रतिनिधिसभा बैठक खुलाउने बारेमा सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगिसकेका छन् । सहमतिपत्रको ड्राफ्टबारेमा छलफल भइरहेको नेताहरूले जानकारी दिए ।   कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सहमतिको ड्राफ्टमा दलहरूबीच छलफल भइरहेको छ । छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी छन् । एमालेबाट भने छलफलमा कोही सहभागी छैनन् । कांग्रेस र विपक्षीबीच भएको निष्कर्ष मान्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए । रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियारलगायत छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायत सहभागी छन् ।...
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

फिचर
काठमाडौँ, २५ जेठः गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । मादकपदार्थ सेवनको जाँच हुनथालेपछि सवारी चालकले लागुपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।” लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण त...