Tuesday, April 21News That Matters

Author: review khabar

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन ।।

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८:४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो। अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।...
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस ।।

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस ।।

Breaking News, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।...
युक्रेनको यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु ।।

युक्रेनको यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । रुसले युक्रेनको एउटा यात्रुवाहक रेलमाथि ड्रोन आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । २०० भन्दा धेरै यात्रु सवार यस रेलमाथि भएको आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘खुला आतङ्कवाद’ भन्दै कडा निन्दा गरेका छन् । उत्तर–पूर्वी खार्किभ क्षेत्रमा मंगलबार भएको उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रेलको एक डब्बामा ड्रोन ठोक्किँदा १८ जना रहेको डब्बा प्रत्यक्ष प्रभावित भएको बताइएको छ । आक्रमणपछि चार जना अझै बेपत्ता रहेको भनिएको छ । ‘सर्वसाधारण यात्रु बोकेको रेलमाथि ड्रोन आक्रमण कुनै पनि देशमा आतङ्कवादकै रूपमा लिइन्छ ।’ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कस्ले भनेका छन् । युक्रेनको आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा एक डब्बा पूर्ण रूपमा क्षतिग्रस्त भई आगो बलिरहेको देखिन्छ । खार्किभ क्षेत्रीय अभियोजक...
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जना को   मृत्यु ।।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जना को मृत्यु ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिइएको छ ।...
रास्वपा का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य ।।

रास्वपा का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य ।।

Breaking News, समाचार, स्वास्थ्य
१४ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ । यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले भ्रममा नपर्न आग्रह गरेको छ ।...
पुलिसलाई हराउँदै न्यु डायमण्ड टाइगर कपको फाइनलमा ।।

पुलिसलाई हराउँदै न्यु डायमण्ड टाइगर कपको फाइनलमा ।।

Breaking News, खेलकुद, समाचार
१३ माघ काठमाडौं । पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड टाइगर कपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपमा आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३- ० को सोझो सेटमा पराजित गरेसँगै न्यु डायमण्डको फाइनलमा यात्रा पक्का गरेको हो । न्यु डायमण्डले २५-११, २५-१९, २५-२० ले जित निकाल्यो । खेलेका सबै ३ खेल जितेको शीर्ष स्थानको न्यु डायमण्डको‌ ९ अंक छ । एपिएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछन् । थाइल्याण्ड क्विन्सको जित यसअघि थाइल्याण्ड क्विन्सले च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पाँचौं दिनको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३-० को सोझो सेटमा पराजित गर्यो । थाइल्याण्डले २५-११, २५-२१, २५-१६ ले सहज जित हासिल गरेको हो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफस...
ओखलढुंगाको चिशङ्खुगढिमा लुटपाटपछि  राई दम्पतीको हत्या ।।

ओखलढुंगाको चिशङ्खुगढिमा लुटपाटपछि राई दम्पतीको हत्या ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
१३ माघ काठमाडौं । ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेमा लुटपाटपछि राई दम्पतीको बीभत्स हत्या भएको छ। चिशङ्खुगढि-६ भदैरेस्थित बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो। पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो। उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो। घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो। उनले भने, “घटन...
ईपीएस पास गरेकाहरु कोरिया जान पाउ  भन्दै माइतीघरमा प्रदर्शन  ।।

ईपीएस पास गरेकाहरु कोरिया जान पाउ भन्दै माइतीघरमा प्रदर्शन ।।

Breaking News, समाचार, सुरक्षा र कुटनिती
१३ माघ काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताइन् । प्रदर्शनमा सहभागीहरूले ईपीएसकफ लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधि थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस्, २ वर्ष म्याद थप गरियोस् ...
आयोगले बालेन सहित चार जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण ।।

आयोगले बालेन सहित चार जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण ।।

Breaking News, राजनीति, समाचार
१३ माघ काठमाडौं । निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको हो। बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्। आयोगका अनुसार उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको भन्दै उजुरी परेको थियो। उजुरीमा उनीहरूबाट घृणात्मक, भ्रामक तथा मानहानि लगायतका अभिव्यक्ति आएको आरोप लगाइएको छ। सोही उजुरीका आधारमा आयोगले सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको समयभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।...
गैंडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु ।।

गैंडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु ।।

Breaking News, समाचार
१३ माघ काठमाडौं । गैँडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।...