एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम
काठमाडौं ः एमालेको जारी ११औं महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा होमिएको छ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन्।
महाधिवेशनको बन्द सत्र चलिरहँदा दुवै पक्षले आ–आफ्नो उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारी गरेका छन्। यसैक्रममा ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरूको नाम करिब टुंगो लगाएको छ।
ईश्वर पोखरेल समूहबाट अध्यक्ष पदमा पोखरेल स्वयंले उम्मेदवारी दिँदै छन्। यो समूहले महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सारेको छ। यसअघि महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको दाबी रहे पनि विष्टलाई उपाध्यक्ष र भट्टराईलाई उपमहासचिवमा उम्मेदवार बनाउने सहमति जुटेको छ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल छन...








