Tuesday, April 21News That Matters

Author: review khabar

परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

फिचर
भाद्र १, २०८२ काठमाडौँ — परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ । ‘भारत–नेपाल सहयोगको प्रगतिबारे समीक्षा गर्नुभयो । दुवैबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पहलहरू तथा आपसी चासोका अन्य विषयहरूमा व्यापक छलफल भयो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले दुई देशको सम्बन्धमा जोड दिएको बताएको छ । 'छलफलमा दुवै देशबीचको दृढ सम्बन्धलाई उजागर गर्दै पारवहन, व्यापार र विकास सहकार्य लगायतका विविध विषयहरू समेटिएका थिए,’ परराष्ट्र मन्त्रालये जनाएको छ ।...
पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

अन्तर्राष्ट्रिय
भाद्र १, २०८२ पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् । 'बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ', खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् । सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए । 'भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ', उद्धार एजेन...

न्याय परिषद्‍ले गर्‍यो उच्चका ८८  र जिल्लाका १२२ न्यायाधीशको सरुवा

Breaking News
श्रावण ३०, २०८२ काठमाडौँ — न्याय परिषद्‍ले ‍ जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा गरेको छ । १२२ जिल्ला न्यायाधीश र उच्च अदालतका ८८ न्यायाधीशको सरुवा भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्‌को बैठकले सरुवा गरेको हो । परिषद्‌मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिस र नेपाल बारको सिफारिसमा कानुनविद् सदस्य रहन्छन् । आर्थिक वर्ष सुरु भएलगत्तै सरुवा हुनु पर्ने भए पनि करिब एक महिनापछि सरुवा भएको हो ।...
जनमत पार्टीका अध्यक्ष राउतको राजीनामाको माग

जनमत पार्टीका अध्यक्ष राउतको राजीनामाको माग

Breaking News
जनमत पार्टीका अध्यक्ष राउतको राजीनामाको माग   जनमत पार्टीबाट निष्काशित वरिष्ठ उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टी अध्यक्ष सीके राउतको अविलम्ब राजीनामा माग गरेका छन् । उनले अध्यक्ष सीके राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टीलाई लोकतान्त्रिक पद्धति प्रक्रिया अनुसार आफूलाई कारबाही गरे आफू सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।   अध्यक्ष राउतले पार्टीलाई निजी सम्पत्ति बनाएको, पारिवारिक पार्टीमा रूपान्तरण गरेको र भ्रष्टाचारको अवसर सिर्जना गर्ने रणनीति अपनाएको आरोप उनले लगाएका छन् । उनले आफूमाथि गरिएको कारबाहीलाई ‘सैतानी प्रवृत्ति’ को रुपमा अथ्र्याएका छन् । ‘यदि सबै सचेत कर्मवीर स्वराजीहरूले यस्तै अवस्थामा राजीनामा दिन थाले भने मधेश र समाज अझ संकटमा पर्छ’ उनले चेतावनी दिएका छन ।...
भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक (सूची)

भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक (सूची)

Breaking News 1
  उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। भारतको उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट (साउन २० र २१ गते) गएको बाढीपहिरोमा परेर ठूलो संख्यामा नेपालीहरू हराइरहेका छन्। उत्तरकाशी जिल्लामा हराउनेमा जनक बहादुर शाही ( रण बहादुर शाहीको छोरा/ उमेर ४५ वर्ष), रवि सिंह (अभि सिंहको छोरा/ उमेर २५ वर्ष), करण बहादुर (उमेर ४० वर्ष), रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खड्का, प्रभा, केशव, निर्मला खड्का, लक्ष्मण (उमेर ६० वर्ष), सुवास विक (उमेर २४ वर्ष), रमेश (उमेर २४ वर्ष), प्रिया (उमेर २२ वर्ष), दीपक मगर (तेज बहादुरको छोरा / उमेर २७ वर्ष), सुरज राना (दिल बहादुरको छोरा / उमेर ४६ वर्ष), मान बहादुर (रण बहादुरको...
ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास

ट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयास

अन्तर्राष्ट्रिय
वासिङ्टन —रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।   युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए ।   अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने देखिएपछि अमेरिका यतिबेला उक्त वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयासमा रहेको उपराष्ट्रपति जेडी भान्सले सोमबार बताएका छन् । किभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले पनि निरन्तर दबाब दिइरहेका छन् । ‘सबैभन्दा महत्त्वपूर्ण अवरोध भनेको भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्तामा कहिल्यै नबस्ने बताएपछि देखिएको छ,’ फक्स न्यु...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

फिचर
श्रावण २३, २०८२ तुर्कमेनिस्तान — तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।...

बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध

Breaking News
श्रावण २३, २०८२   मध्यविन्दु (नवलपरासी) — बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । 'हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ,' उनले भने, 'पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।' दाउन्ने खण्ड...
उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा

उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा

Breaking News
श्रावण २३, २०८२ काठमाडौँ — उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा आएका छन् । उत्तरकाशीको धराली आसपासमा मजदुरी गर्न पुगेका उनीहरु मंगलबार धराली बजार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएपछि सम्पर्कविहीन हुँदा सोही विपत्तिमा परे कि भन्ने परिवारको आशंका थियो । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले रुबी भ्याली गाउँपालिकाका ५ जना र ज्वालामुखीका ४ जना उक्त घटनापछि सम्पर्कविहीन भएपनि अहिले सम्पर्कमा आएको बताए। उनका अनुसार ज्वालामुखी गाउँपालिका-२, काफलपानीका सिंहबहादुर तामाङ, लालबहादुर तामाङ, छोलामा तामाङ र फेलामा तामाङ धराली बजारमा लेदो सहितको पहिरो आएको ठाउँभन्दा पाँच सय मिटरको दुरीमा थिए । अध्यक्ष दनैले विपत्तिपछि उनीहरु सुरक्षित स्थानको खोजीमा भारतीय सेनाको सम्पर्कमा पुगेका बताए । उनीहरुसँग टेलीफोन कुराकानी गरेका अध्यक्ष द...
उत्तराखण्ड बाढीपछि कर्णालीका १५ जना मजदुर सम्पर्कविहीन

उत्तराखण्ड बाढीपछि कर्णालीका १५ जना मजदुर सम्पर्कविहीन

Breaking News
श्रावण २३, २०८२ आकस्मिक बाढीपछि क्षतविक्षत् धराली बजार । तस्बिर : एपी/रासस सुर्खेत — भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी तथा पहिरोपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन भएका छन्। मंगलबार क्लाउड बर्स्ट (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा पहिरो जाँदा जाजरकोट र जुम्लाका १५ जना मजदुर सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा जाजरकोटको कुशे गाउँपालिका–२ ढाडगाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, मानबहादुर सिंह, रामबहादुर सिंह, रबिन सिंह र निमबहादुर सिंह छन्। त्यसैगरी, जुम्लाको जुनिचाँदे गाउँपालिका–२ मजकोटका गगनबहादुर शाही, रामबहादुर शाही, गोरखबहादुर शाही, हरिबहादुर खड्का, रेशम खड्का, पार्वती खड्का, केशव खड्का र निर्मला खड्का पनि सम्पर्कमा आए...