‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कास्की, ३ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।
पोखरा रङ्गशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।
समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो ।
यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो । अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा तीन चौका र एक छक...










