Wednesday, April 22News That Matters

अन्तर्राष्ट्रिय

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), ६ वैशाख : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् । गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालिग्राम सङ्ग्रहालय च...
सञ्चारिकाको अध्यक्षमा पन्थी

सञ्चारिकाको अध्यक्षमा पन्थी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाख : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी हुनुभएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनुभएको हो । त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी हुनुभएको हो । सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।...
‘DM framework largely missing in media’

‘DM framework largely missing in media’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Kathmandu, April 19: The four-day-long international media training organized by the Global South Coalition for Dignified Menstruation concluded here today. The participants belonging to diverse genders and communities from home and abroad stated that they explored throughout the session the significance of dignified menstruation in all aspects of life throughout the life cycle by assessing it through the feminist, transformative, holistic, inclusive, and human rights perspectives. The participants who were from Pakistan, Sri Lanka, India, and Kenya meticulously assessed policy and legal gaps in regard with discriminatory practices around menstruation. They dedicated time to explore their own experiences regarding menstruation as both menstruators and non-menstruators, an...
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
दिर अल–बलाह (गाजा पट्टी), ६ वैशाख : गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ । मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए । दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ । शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ ।...
उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ४ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यसअवसरमा यहाँस्थित बङ्गलादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बङ्गलादेश र नेपालबीचको परापूर्वकालदेखिको मैत्रीपूर्ण सांस्कृतिक एवं सामाजिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ हुँदै गएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ, विश्वशान्ति स्थापना, जलवायु परिवर्तन, अल्पविकसित मुुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका रणनीतिलगायत विषयमा नेपालसँग आफ्नो देशले निकट सम्पर्कमा रहेर काम गर्दै आएको बताउनुभयो । समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशका नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।...
हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई

हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
पाटन (ललितपुर), ४ वैशाख : यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इञ्जिनियर पद्मसुन्दर जोशी र कदम पुरस्कार अभिलेखविद् डा श्यामसुन्दर राजवंशीलाई प्रदान गरिएको छ । ‘जोशी रिसर्च इन्ष्टिच्यूट’ले आज पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । इतिहास, संस्कृति, धर्म र दर्शनको अनुसन्धानमा सक्रिय संस्कृतिविद् हरिराम जोशीले स्थापना गर्नुभएको संस्थाले संस्कृति संरक्षण र सम्वर्द्धनको कार्यमा योगदान दिनेलाई चार वर्षदेखि उक्त पुरस्कार दिँदै आएको छ । गत वर्ष उक्त पुरस्कार प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार तथा कवि मोहन दुवाललाई प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल भाषा एकेडेमीका कूलपति, लेखक एवं मानव अधिकारवादी मल्ल के सुन्दरले नेवार सभ्यता कति वैज्ञानिक छ...
कोरलामा व्यापारिक चहलपहल बढ्यो

कोरलामा व्यापारिक चहलपहल बढ्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मुस्ताङ, ४ वैशाखः नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् । विसं २०८० को कात्तिक २७ गतेदेखि नेपाल-चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताउनुभयो । कोरलानाका अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उहाँको भनाइ छ । “कतिपयले नाकामा पुगेका पर्...
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ४ वैशाखः कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ । कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । “एक स्थानीय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले राससलाई बताउनुभयो । “कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका...
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ४ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उहाँ एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुनुहुन्छ । कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ । उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि ...
‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठ...