ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।
गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउनुहुनेभएको हो ।
ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार ट्रम्पको सपथ समारोहमा उपराष्ट्रपति सीको ‘विज्ञशेष प्रतिनिधि’का रूपमा हान सहभागी हुने जनाएको छ ।
“चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढ...

