Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
ओखलढुङ्गा, २६ वैशाख : सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने छन् । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन् । “दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भन्नुभयो, “सहभागीहरुले विद्यु...
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाखः अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गर्नुभयो । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो प...
पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पोखरा, २६ वैशाखः पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ लगानीकर्ताहरूका लागि व्यापारिक सम्भावनालाई पनि उजागार गर्ने बुझाई व्यवसायीको छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै अहिलेको उडानले चिनियाँ पर्यटक पोखरामा भित्रिने र भ्रमण वर्ष सफल हुनेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि आशावादी हुनुहुन्छ । पोखरा–छेन्दु सिधा अन्तरराष्ट्रिय उडान चिनियाँ पर्यटकलाई सिधै पोखरा ल्याउने ढोका खोलि...
नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाखः नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुग्नुभएको छ । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्नुहुँदा उहाँलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो । नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिनुभयो । नेजाका महासचिव बाबुराम दाहालका अनुसार सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधि...
प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २६ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुुभएको थियो । उहाँले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवाद...
युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाख : दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो । यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । काठमाडौँमा मुख्य ‘बिक्री कक्ष’ र विराटनगरमा शाखा खोलिएको कम्पनीले जनाइएको छ । विशेषगरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इ...
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताउनुभयो । जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्ले...
मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ: प्रधानन्यायाधीश राउत

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ: प्रधानन्यायाधीश राउत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २६ वैशाखः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । त्रिहत्तरौँ काुनन दिवस–२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा आज यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फछ्र्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताउनुभयो । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा र पाँच (५) वर्ष नाघेका मुद्दा २०८३ असारभित्रमा शून्य बनाउने लक्ष्यमा अधिकतम् सफलता हासिल भइरहेको जानकारी दिनुभयो । “सर्वोच्चको समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा पछिल्ला तीन वर्षदेखि सङ्ख्यात्मक वृद्धि भई पुराना बक्यौता मुद्दा उल्लेख्य रूपमा घटेका छन्”, उहाँले भन्नुभयो, “उच्च अदालत एवं जिल्ला अदालतले दुई वर्ष नाघेका पुराना मुद्दालाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नद...
एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन

एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न भारतको निर्देशन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ । यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ । एक्सका अनुसार अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र अन्य प्रमुख प्रयोगकर्ताहरूलाई ब्लक गर्न माग गरेको यो आदेश मेटाले नयाँदिल्लीको अनुरोधमा इन्स्टाग्राममा एक प्रमुख मुस्लिम समाचार पेज भारतमा प्रतिबन्धित गरेको एक दिन पछि आएको हो । “कम्पनीका स्थानीय कर्मचारीहरूलाई उल्लेखनीय जरिवाना र कारावासको सम्भावित दण्डसहित एक्सले भारत सरकारबाट कार्यकारी आदेशहरू प्राप्त गर...
अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विज्ञान प्रविधि, समाचार
भ्याटिकन सिटी, २६ वैशाख: रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बन्नुभएको छ । यद्यपि, उहाँलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उहाँले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गर्नुभएको थियो । स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उहाँलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् । पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उहाँले भन्नुभयो, “समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।“ उहाँले भन्नुभयो, “हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्म...