Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

“ईरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन यथावत राख्ने स्पष्टोक्ति”

“ईरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन यथावत राख्ने स्पष्टोक्ति”

अन्तर्राष्ट्रिय
ईरानी विदेशमन्त्री सेयद अब्बास अराघ्चीले देशको भूमिमा युरेनियम प्रशोधन प्रक्रिया यथावत रूपमा निरन्तर जारी रहने स्पष्ट धारणा राख्नुभएको छ । साथै, उहाँले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागतयोग्य बताउनुभएको छ । ईरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा मन्त्रीले अमेरिका तथा अन्य पक्षहरूसँगको संवादमार्फत ईरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताउनुभयो, तर कुनै पनि प्रकारको दबाबमा वार्ता गर्न नसकिने स्पष्ट अडान राखिएको छ । उहाँले फ्रान्स, जर्मनी तथा बेलायत (ई–३०) द्वारा सन् २०१५ को आणविक सहमति अन्तर्गत रहेको ‘स्न्यापब्याक’ व्यवस्था प्रयोग गरी पुनः प्रतिबन्ध लगाउने प्रयास भएमा, ईरानले त्यसप्रति आवश्यक र कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिनुभएको छ । उक्त आणविक सहमति ईरान र छ वटा राष्ट्रहरू बेलायत, चीन, फ्र...
नेपाल-जापान परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न, आर्थिक सहकार्य र विकासमा जोड

नेपाल-जापान परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न, आर्थिक सहकार्य र विकासमा जोड

अन्तर्राष्ट्रिय
२०८२ जेठ ८ नेपाल र जापानबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यका साथ दुई देशका परराष्ट्र मन्त्रीहरूबीच टोकियोमा भेटवार्ता सम्पन्न भएको छ। नेपाल सरकारकी परराष्ट्र मन्त्री डा. अर्जुना राणा देउवा र जापानका परराष्ट्र मन्त्री ताकेशी इवायाबीच टोकियोमा भएको औपचारिक बैठकमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, तथा विकास परियोजनाहरूका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकका प्रमुख बुँदाहरू द्विपक्षीय सहयोगको सुदृढीकरण:शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, र आपतकालीन राहत व्यवस्थापनमा जापानी सहयोग विस्तार गर्ने सहमति। नेपालमा लगानी अभिवृद्धि:नेपालमा जापानी लगानीको वातावरण थप सुधार गर्नुपर्नेमा जापानले चासो देखाएको। मानव संशाधन विकास:नेपाली श्रमिक, विद्यार्थी तथा प्रशिक्षार्थीलाई जापानमा अझ सहज पहुँच दिन आवश्यक नीति समन्वयमा ...
साउदी अरेबियामा आयोजित सांस्कृतिक विविधता दिवसमा नेपाल प्रथम — नेपाली संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय चमक

साउदी अरेबियामा आयोजित सांस्कृतिक विविधता दिवसमा नेपाल प्रथम — नेपाली संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय चमक

अन्तर्राष्ट्रिय
बिपुल ढुङ्गाना , साउदी अरेबिय   — साउदी अरेबियाको प्रतिष्ठित कम्पनी फ्युचर पाईप ईन्डस्ट्रिज एलएलसी (Future Pipe Industries LLC) ले मे २१ मा संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व सांस्कृतिक विविधता दिवस (World Day for Cultural Diversity for Dialogue and Development) विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। दम्मामको दोस्रो औद्योगिक क्षेत्र (सेकेन्ड सनैया) स्थित कम्पनीको सभाहलमा आयोजित कार्यक्रममा नेपाल, भारत, साउदी अरेबिया, बङ्गलादेश, पाकिस्तान, लेबनान र फिलिपिन्सका संस्कृति, परिधान, खाना र परम्परागत प्रस्तुतीहरू समेटिएको बहुसांस्कृतिक प्रस्तुती भएको थियो। यस प्रतियोगितामा नेपालले प्रथम स्थान प्राप्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुनः एकपटक नेपाली संस्कृति र प्रतिभाको उज्यालो प्रदर्शन गर्न सफल भएको छ। दोस्रो स्थान भारतले र तेस्रो स्थान बङ्गलादेशले हासिल गरेका छन्। नेपालको तर्फबाट ...
सगरमाथा सम्बाद २०८१: जलवायु परिवर्तनबारे काठमाडौंमा विश्व नेताहरूको भेला

सगरमाथा सम्बाद २०८१: जलवायु परिवर्तनबारे काठमाडौंमा विश्व नेताहरूको भेला

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटक
काठमाडौं, जेठ ७ –नेपाल सरकारले “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने मूल नारासहित काठमाडौंमा सगरमाथा सम्बाद २०८१ आयोजना गरेको छ। यो अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका राजनीतिक नेता, वातावरणविद्, वैज्ञानिक, नीति निर्माताहरू र सामाजिक अभियन्ताहरू सहभागी भएका छन्। सगरमाथा सम्बादको मुख्य उद्देश्य जलवायु परिवर्तनले हिमाली क्षेत्र, विशेषगरी हिमनदीहरू, मानव जीवन, र जैविक विविधतामा पारिरहेको असरबारे वैज्ञानिक, व्यवहारिक, र नीतिगत छलफल गर्नु हो। सगरमाथा (Mount Everest) को नामबाट चिनिने यो सम्मेलनले जलवायु संकटको मुद्दामा नेपालले विश्वसामु आफ्नो आवाज बुलन्द बनाउने प्रयास गरेको छ। सम्बादका मुख्य विशेषताहरू: आयोजक: नेपाल सरकार स्थान: काठमाडौं, नेपाल मिति: २०८१ साल जेठ पहिलो साता मूल विषय: "जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य" उद्देश्य: जलवायु...
“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

अन्तर्राष्ट्रिय, पर्यटक
ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाए काठमाडौं, जेठ ७ – ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै गैर-शेर्पा पर्वतारोहीहरूमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान कायम गरेका छन्। कूलले यस वर्ष पुनः सगरमाथाको शिखर चुमेर विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेका हुन्।४९ वर्षीय कूलले पहिलो पटक सगरमाथा सन् २००४ मा चढेका थिए र त्यसयता उनले नियमित रूपमा आरोहण गर्दै आएका छन्। उनी केवल २०१४, २०१५, र २०२० का वर्षहरूमा मात्र चढ्न सकेनन् — ती वर्षहरू क्रमशः हिमपहिरो, भूकम्प, र कोभिड-१९ महामारीका कारण पर्वतारोहण स्थगित गरिएको थियो। कूलले आरोहणपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, "सगरमाथा सँधै मेरो लागि प्रेरणाको स्रोत रहँदै आएको छ। यो मेरो १९ औं यात्रा हो र म २०२६ मा २० औं पटक सगरमाथा चढ्ने लक्ष्यमा छु।...
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उप...
सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडाैंँ, २८ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफल मुलुकभित्रै सवारीसाधन अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्ति...
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
म्याग्दी, २८ वैशाख : धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उहाँले भन्नुभयो, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।” गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको श...
तोलामा तीन सयले घट्यो सुनको मूल्य

तोलामा तीन सयले घट्यो सुनको मूल्य

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाखः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...