Wednesday, April 22News That Matters

पर्यटक

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
लमजुङ, १४ वैशाख: दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ । गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नति कार्य पाँच वर्ष हुन लाग्दा बल्ल ८० प्रतिशत हाराहारीमा छ । पूर्वधार कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भन्नुभयो, “कोरोना सङ्क्रमणलगायत विविध कारण देखाउँदै ठेकेदारले निर्माणको काम ढिला गर्यो, अहिले पछिल्लो समयमा भने सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त भइरहेको छ ।” पटकपटक म्याद थप्दै काम गरे पनि थप गरिएको समयमा सकिन लाग्दा समेत काम सम्पन्न नहुँदा निर्माण ...
आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाउँछन् भन्नुभयो । देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उहाँले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताउनुभयो । उहाँलेभन्नुभयोःएमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ । ...
सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित

सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः सुडी समाज काठमाडौँको आज यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ । महासचिवमा डा प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । समाजका पूर्वअध्...
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड

स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । आज गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उहाँले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो । “यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उहाँले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताउनुभयो । “प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोद...
सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा मन्त्री डा राणाले भन्नुभयो “प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकाङ्कमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउने गरी हामीले आगामी योजना, कार्यक्रमहरू निर्माण र त्यसैबमोजिम बजेटको व्यवस्था गर्नुपर्दछ ।” उहाँले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउनेभन्दा पनि कुन समुद...
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० काय...
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत

तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका हाल कांग्रेस केन्द्रीय सदस्य बस्नेतले संविधान संशोधन गरेर विद्यामान २५ जनाको मन्त्रिमण्डल सङ्ख्या लाई घटाउन सुझाव दिनुभयो । नेपाल विद्यार्थी सङ्घको महामन्त्री र नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएका उहाँले देश विकासका निम्ति राजनीतिज्ञले अब एकपटक त्याग गर्नुपर्ने बताउनुभएको छ । संविधान भनेको अभ्यास गर्दै जाने विषय हो । तर कानुन बनाउने सवालमा संसद सक्रिय हुनुपर्यो । संविधान संशोधन हुनुपर्छ । विशेषगरी जनप्रतिनिधिको विषयमा संशोधन गर्नुपर्छ । एउटा वडामा अध्यक्षसहित पाँच जना जनप्रतिनिधि हुन्छौँ । त्यसको प्रतिनिधित्व घटाउनुपर्यो । प...
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव

नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आगामी आर्थिक २०८२/८३ का नीति तथा कार्यक्रम मुलुकको दिशा स्पष्ट गर्ने र जनता विश्वस्त हुने किसिमले तय गर्नुपर्ने विषयमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व राज्य सञ्चलानको मार्ग निर्देशन हुने र तिनको कार्यान्वयनका लागि आवश्यकतानुसार स्रोतसाधन राज्यले परिचालन गर्ने/गराउँनेछ भन्ने उल्लेख भएकाले उक्त व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयनका लागि सुझाव दिने निर्णय गरेको हो । समितिले नीति कार्यक्रम तर्जुमा गर्दा बजेट तथा कार्यक्रमबाट सम्बोधन हुनसक्ने यथार्थमा आधारित भएर प्रस्तुत गर्न सरकारलाई अनुरोध गरेको सभापति ठाकुरप्रसाद गैरेले बताउनुभयो । सुरुङमार्ग, केवलकार, विद्युतीय रेललगायत आधुनिक यातायातका सा...
‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा उहाँले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट तर्जुमा नहुँदा आर्थिक समृद्धिले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका सबै बजेट परम्परागत भएकाले विकासले गति लिन सकेन, कुनै पनि बजेटले उत्पादन र रोजगारी वृद्धिका साथै निर्यात बढाउन सकेको छैन ।” सांसद केसीले स्रोतसाधनलाई अध्ययन गरेर आत्मनिर्भरमुखी र कृषिमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । “बजेट ल्याउनुभन्दा तीन महिनाअघिदेखि बजेटका बारेमा छलफल गर्नुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन, यही अधिवेशनमा करिब ३२ वटा विधेयक पारित गर्नुपर्ने छ, तर पनि ...
सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताउनुभयो । “आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ”, मन्त्री खड्काले भन्नुभयो । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उहाँले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । ऊर्जा सचिव सुरेश आचार्यले र...