फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह
काठमाडौँ, १४ वैशाख : नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट सञ्चालन गरिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताले नेपाली फुटबल खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने उचित अवसर दिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित नेपालकै सबैभन्दा पहिलो फेन्चाइज खेलकुद प्रतियोगिताको तेस्रो संस्करण करिब एक महिनासम्म सञ्चालन भएको थियो ।
मुलुकको फुटबलको विकासका लागि रहेको आधिकारिक संस्था अखिल नेपाल फुटबल सङ्घले पूर्वघोषित नकआउट फुटबल प्रतियोगितासमेत गर्न नसकेको अवस्थामा मुलुकका विभिन्न सात जिल्लाको प्रतिनिधित्व रहेको एनएसएल फुटबल प्रतियोगिताको गत शनिबार सम्पन्न फाइनलमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थण्डर्सलाई एक गोलकाविरूद्ध दुई गोल प्रहार गरी उपाधि रक्षा गर्न सफल भएको थियो । सो खेलको मध्यान्तरअघि समय समाप्त हुनु तीन मिनेटअघि ललितपुरका त...










