चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई
काठमाडौँ, २६ वैशाख, भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसक्नुभएको छ । काठमाडौँमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिनुभएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल हुनुभयो । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित हुनुभएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाउनुभयो ।
उहाँले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले ग¥यो । त्यो उहाँले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गर्नुभयो । “मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्...










