इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह
९ असार
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। रुबियोले फक्स न्यूजसँग भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।”
विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्। विदेशमन्त्री रुबियोले भन्नुभयो, “यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती ...










