निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, १० माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताउनुुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उहाँले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले सिथिल अर्थतन्त्र उकासिने धारणा राख्नुुभयो ।
सङ्घले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेकामा उहाँले खुसी व्यक्त गर्नु...










