आयोजना अलपत्र हुँदा खानेपानी समस्या
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बरहथवा (सर्लाही), १० माघः छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोख्नुभयो । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उहाँको भनाइ छ ।
लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उहाँले पनि ट्युबेलको पानी प्रयोग बन्द गर्नुभयो । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । “बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ” लामाले भन्नुभयो, “पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि व...










