बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पु््रस्कृत
काठमाडौँ, १७ पौष । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताका विजयी सहभागीलाई आइतबार एक समारोहबीच पदक र प्रमाणपत्र वितरण गरिएको छ । समारोहमा बोल्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले पठनपाठनलाई प्राथमिकता दिँदै क्याम्पसले विद्यार्थीको शारिरीक र मानसिक विकास लागि बौद्धिक एवं खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख प्रा.डा. खड्काले पु्रस्कृत विद्यार्थीको प्रतिभाको कदर गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
समारोहमा क्याम्पस क्याम्पस प्रमुख प्रा डा. खड्का र क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिबोल भट्टराइले विद्यार्थीलाई पदक तथा प्रमाण वितरण गर्नुभएको थियो । सो अवसरमा सञ्चालक समिति सदस्य प्रा. डा. केदार न्यौपाने , अतिरिक्त...










