Tuesday, April 21News That Matters

शिक्षा

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
अदानचुली (हुम्ला), १५ वैशाखः हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताउनुभयो । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।...
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १५ वैशाख : चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ । “सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्”, सगरमाथा आधार शिविरमा रहनुभएका पर्वतारोही लाक्पा शेर्पाले भन्नुभयो, “आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।” ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१आँै आरोहणका लागि सगरमाथा पुग्नुभएको हो । आधारशिव...
तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
कञ्चनपुर, १५ वैशाख : यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो”, उहाँले भन्नुभयो, “हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।” बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् । एक पर...
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी) १५ वैशाख : यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उहाँले भन्नुभयो । हाल ६२ घार मौरी उहाँले पाल्नुभएको छ । वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु आठ लाख बढी आम्दानी गरिरहेको उहाँले बताउनुभयो । सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार÷पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगर...
कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग

कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
रियाद, साउदी अरब – बिपुल ढुङ्गाना, साउदी अरब मा नेपाली कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान मा जोडीन नेपाल को चर्चित गायिका राधिका हमाल गायक अर्जुन सापकोटा रोल्पालि सेवा समाज साउदिको ७ औ बार्षिकोत्सव मा सहभागी हुदै । चर्चित गायिका राधिका हमाल र गायक अर्जुन सापकोटा साउदी अरब आउने भएका छन्। उनीहरू रोल्पाली सेवा समाज, साउदीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन आउन लागेको समाजका अध्यक्ष महेन्द्र घर्ती मगरले जानकारी दिएका छन्। उक्त कार्यक्रममा साउदी अरबमा सक्रिय स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ। नेपाली कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान भन्ने मुख्य नाराका साथ रोल्पाली सेवा समाज, साउदी अरबको आयोजनामा यही जुन ६, २०२५ तारिख दमामस्थित फाइभ स्टार हलमा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा मनाइने ...
नवदुर्गा जात्रा सम्पन्न

नवदुर्गा जात्रा सम्पन्न

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काभ्रेपलाञ्चोक, १४ वैशाख: बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो । विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ । नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै, बनेपाम...
नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो । शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहनुभएको अवरोध हट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरा...
बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मनाङ, १४ वैशाखः नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् । विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पु¥याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मस्र्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँद...
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाखः ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । मह जोडीका रुपमा उहाँहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमान्दारिताको उदाहरण हो । यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाउनुभयो । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । ...
मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
महोत्तरी, १४ वैशाख : मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै हुनुहुन्छ । उहाँसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो । भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एकमहिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ । “यहीँकै राम मावि (माध्यमिक विद्यालय)मा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ”, यादव भन्नुहुन्छ, “मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।” माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्...