Tuesday, April 21News That Matters

शिक्षा

३२ महिनामा १६ थरिका औजार विकास

३२ महिनामा १६ थरिका औजार विकास

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
वीरगञ्ज (पर्सा), १४ वैशाख : राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो । “केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।” केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्न...
एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००

एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखःआज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
गोरखा, १४ वैशाख : धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो । गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्र...
मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
पर्वत, १४ वैशाख : पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो । असी मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो । पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी÷प्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँच पुल निर्माणका लागि सम्झौता...
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० काय...
इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
तेहरान, १४ वैशाख: इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो । बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ । सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ । इरानी राज्य टे...
स्क्रिनहरू, ड्रोनहरू, मसाजहरू : साङ्घाईमा कारहरूको भविष्य प्रदर्शन

स्क्रिनहरू, ड्रोनहरू, मसाजहरू : साङ्घाईमा कारहरूको भविष्य प्रदर्शन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
साङ्घाई, १४ वैशाख: यस हप्ताको विशाल अटो साङ्घाई उद्योग प्रदर्शनीमा कुराकानी शक्तिशाली इन्जिनहरू भन्दा अत्याधुनिक प्रविधि र यात्रु आरामका बारेमा बढी थियो । सयौँ कार निर्माता र उपकरण आपूर्तिकर्ताहरूले बुधबारदेखि प्रदर्शनी स्थललाई भरिपूर्ण बनाएका छन्, स्क्रिनहरू, मसाज सिटहरू र अन्य थप सुविधाहरू समेटिएका मोडेलहरू प्रदर्शनमा राखेका छन् – उड्ने ट्याक्सीहरूको त कुरै नगरौँ । – स्क्रिनहरू जताततै – कडा प्रतिस्पर्धाको सामना गर्दै चिनियाँ कार निर्माताहरूले हाइपरकनेक्टेड उपभोक्ताहरूलाई ६५ इन्च सम्मका स्क्रिनहरू प्रत्येक यात्रीको अगाडि, ढोकाहरूमा, सन भाइजरहरूमा वा कारको बोनेटमा समेत जडान गरेर आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यसैबीच इलेक्ट्रोनिक्स दिग्गजहरू हुवावे र शाओमीले पहिले नै आफ्ना मोबाइल फोनहरूलाई आफ्ना कारहरूमा सजिलै जडान गरेर युवा ग्राह...
बकर इदको अवसरमा दमाममा तेस्रो दमाम च्याम्पियन कप २०२५

बकर इदको अवसरमा दमाममा तेस्रो दमाम च्याम्पियन कप २०२५

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
साउदी अरब, बिपुल ढुङ्गाना , साउदी अरबको दमाम मा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले तेस्रो दमाम च्याम्पियन कप २०२५ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद इद–उल–अजहा को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्। प्रतियोगित...
नुवाकोटका रबि रिमाल नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको सचिवमा निर्विरोध निर्वाचित

नुवाकोटका रबि रिमाल नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको सचिवमा निर्विरोध निर्वाचित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौं, वैशाख १२ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा रवी रिमाल सचिव पदमा निर्विरोध निर्वाचित भएका छ्न्। काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा वैशाख १० र ११ गते सम्पन्न महाधिवेशनले योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए। कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङ, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, गृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्व मन्त्री सीता गुरुङ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। नवनिर्वाचित सचिव रवी रिमालले आदरणीय नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण सदस्यहरूलाई आभार प्रकट गर्द...
बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलकोट (बागलुङ), १२ वैशाखः अछेते–भिमापोखरा सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको रु २० लाख गरी रु ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास कार्यालयबाट प्राप्त रु ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ । गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले राससलाई जानकारी दिनुभयो ।...