Tuesday, April 21News That Matters

शिक्षा

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गर्नुभएको छ । गए राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरु नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका साथै त्यहाँ रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा चर्चा भयो”, अध्यक्ष पोख्रेलले भन्नुभयो । त्यसअवसरमा व्यापार तथा लगानी प्रवद्र्धन फ्रेमवर्कको सदुपयोग, दुई देशबीचको द्विपक्षीय सम्बन्ध विस्तार तथा उच्च तहको भ्रमणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । अध्यक्ष पोख्रेलका अनुसार एनआरएनएको एकीकृत वार्षिक साधा...
बारपाकीले बिर्सन नसकेका भूकम्प

बारपाकीले बिर्सन नसकेका भूकम्प

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
गोरखा, १२ वैशाख : गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उहाँलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्नुहुन्छ, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।” धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सक्नुभएको छैन । “आकास गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ”, उहाँ भन्नुहुन्छ । ...
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
मुस्ताङ, १२ वैशाखः मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् । विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिनुभयो । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ । गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा आठ हजार १८७,...
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), १२ वैशाखः निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् । ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ । दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशतमात्र भएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसा...
आज सागसब्जी र फलफूलको मूल्य

आज सागसब्जी र फलफूलको मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० काय...
आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ । सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताउनुभएको छ । अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ । उक्त सम्मेलनबाट संयुक्त राष्ट...
बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १२ वैशाख : बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।” उहाँको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पाल्नुभएको छ । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बता...
एनआरएनए साउदी अरबको नवौं महाधिवेशन प्रवासी नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित

एनआरएनए साउदी अरबको नवौं महाधिवेशन प्रवासी नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
रियाद, साउदी अरब – बिपुल ढुङ्गाना गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आएको छ। साउदी अरब NRN अध्यक्ष रबिना अर्यालको नेतृत्वमा निर्वाचित कार्यसमितिले “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै जनहितमा समर्पित कार्यहरू गरिरहेको छ। साउदीको रियादस्थित राजदूतावास र जेद्धास्थित महावाणिज्य दूतावासको समन्वयमा देशका प्रमुख शहरहरू — दमाम, जुबेल, रियाद, अलकासिम, जिजान, आब्बा, खमिस, ताबुक र जेद्धामा राहदानी शिविर र श्रमिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ। यसअन्तर्गत ३०,९१७ जनालाई राहदानी वितरण तथा २१,५६४ जनाको प्रि–इन्लोल्मेन्ट अनलाइन फारम संकलन गरिएको छ। साथै, अलकासिम र जेद्धामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २७९ जना लाभान्वित भ...
बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
महोत्तरी, ११ वैशाखः महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् । बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वेशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ । हिउँदमा गोबर पथारेर व...
‘हिमालहरूमा जीवन छैन’

‘हिमालहरूमा जीवन छैन’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
सोलुखुम्बु, ११ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भन्नुभयो, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।” सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिनुभएको छ । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउ...