Tuesday, April 21News That Matters

शिक्षा

उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट

उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १० वैशाख : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ । मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गर्नुभएको हो । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो । भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो । नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने जनाइ...
पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने

पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १० वैशाखः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै आज उहाँले भन्नुभयो, “पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पु¥याउने गरी पार्टीले काम गरिरहेको छ, तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।” महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिपस्र्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो । ...
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताउनुभएको छ । आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उहाँले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्...
ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा

ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १० वैशाखः ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुग्नुभएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएका कार्लाेस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गर्नुभएको हो । उहाँलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गर्नुभएको थियो । सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लाेसको आगमनले आफूहरु हर्षित भएको बताउनुभयो।...
Cimex Inc. Launches “0-5-10” Campaign to Celebrate Nepali New Year 2082

Cimex Inc. Launches “0-5-10” Campaign to Celebrate Nepali New Year 2082

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Kathmandu, On the auspicious occasion of New Year 2082 B.S., Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd. in Nepal, is proud to announce the launch of a special customer-centric campaign – “0-5-10” – that reflects our continued commitment to delivering long-term value, reliability, and peace of mind to every BYD owner. Under this limited-time New Year offer, customers who book a BYD electric vehicle will enjoy the following exclusive benefits: • 0 Servicing Cost for 5 Years: Customers will receive Free Standard Annual Maintenance Package including consumables* (labour, AC Filter, Brake Pad, Wiper Blades, Transmission Oil, Brake Oil, LV Battery, Coolant) for a duration of five years, as per the manufacturer’s recommended service schedule. (*This offer d...
नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ, जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले निम्न विशेष सुविधा प्राप्त गर्नु हुनेछ : ५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्य : ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ । १० वर्ष वा २ लाख कि...
UAE’s Deputy Prime Minister in Kathmandu; bilateral meeting today

UAE’s Deputy Prime Minister in Kathmandu; bilateral meeting today

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Kathmandu, April 23: Deputy Prime Minister and Minister of Foreign Affairs of the United Arab Emirates (UAE), Sheikh Abdullah bin Zayed Al Nahyan, arrived Kathmandu on Tuesday evening in course of his two-day official visit to Nepal. The UAE's Deputy Prime Minister was received by Minister for Labour, Employment and Social Security Sharat Singh Bhandari, Foreign Secretary Amrit Bahadur Rai and other senior officials of the Ministry at Tribhuvan International Airport. According to the Ministry of Foreign Affairs, DPM Abdullah is scheduled to have high-level political engagements during his stay in Kathmandu. The UAE delegation is holding an official bilateral meeting with the Nepali delegation led by Deputy Prime Minister and Minister for Urban Development Prakash Man Sing...
थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
सोलुखुम्बु, ९ वैशाखः यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्डेसनले आयोजनामा भएको सम्मेलनको आज यहाँ उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने उहाँको भनाइ थियो । मन्त्री राईले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हँुदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले हामी आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।” कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुद...
बेगनास तालमा डुङ्गा पल्टिएपछि

बेगनास तालमा डुङ्गा पल्टिएपछि

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, ९ वैशाख : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ...’ भन्दै रोइरहेका देखिन्थे । डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो । उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइयो । दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो । ज्यानको पर्वाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाए । यो काल्पनिक घटना–दृश्य कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको हो । पोखरास्थित सशत्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नम...
चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मुस्ताङ, ९ वैशाखः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन । आर्थिक वर्ष २०७३÷७४मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो । सात खण्डमध्ये जोमसोम—झैते चार खण्ड र झैते—कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो । दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ । तामाङ—गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ—छोसेर सडक स...