Tuesday, April 21News That Matters

शिक्षा

भारतीय विद्युत्मन्त्री काठमाडौँमा

भारतीय विद्युत्मन्त्री काठमाडौँमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ९ वैशाखः भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो । सङ्खुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको ल...
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ९ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । दुईदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो । सोही अवसरमा उहाँहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गर्नुभयो । अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिनुभएको थियो । ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत् आयोेजना भएकाले सर...
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पाटन (ललितपुर), ९ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा क...
काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
खोटाङ, ९ वैशाखः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान निर्माणको काम सुरु गरिएको हो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिनुभयो । निर्माणाधीन खेलमैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ । खेलमैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ । यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका सङ्घका अध्यक्ष राईले बताउनुभयो । क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्...
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ९ वैशाख : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो । “कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन । केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ, भने त्यो पूरा हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुुभयो, “कसैले एमाले बिनाको देशको पनि कल्पना गरेका छन् । केपी ओली बिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।”...
महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत (Cost of Fund) भएको विकास बैंक बन्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१÷८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्त सम्म १...
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पोखरा, ८ वैशाखः “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ । “असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र ?” एलिना भन्नुहुन्छ, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।” बाल्यकाल जङ्गल छेउमै बितेकाले एलिनाका लागि जङ्गली जनावरसँगको जम्काभेट सामान्य थियो ।...
शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती

शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ८ वैशाखः काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् । सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् । शिक्षकको आन्दोलनका कारण आफ्नै तालिका नै बिग्रिएको बताउनुहुन्छ, भक्तपुर लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल । उहाँ हरेक दिन बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोडस्थित कार्यालयमा काम गर्न जाँदा तीनकुने–...
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ८ वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताउनुभयो । ‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।” उहाँले वातावरणमैत्री र दि...
शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ८ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर भएको बताउनुभएको छ । मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । “प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय छ, शिक्षकहरू सधँै सम्मानित र आदरणीय पात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । “माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक ...