Sunday, May 3News That Matters

Author: review khabar

बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
सिरियामा सन् २०१२ मा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसकी आमा डेब्रा टाइसले सोमबार दमास्कसमा युद्धग्रस्त सिरियाको नयाँ नेतृत्व आफ्नो छोराको खोजीका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । सन् २०१२ को अगष्टमा एक चेकप्वाइन्टमा पक्राउ परेका टाइस एजेन्स फ्रान्स–प्रेस(एएफपी), म्याकक्लाची न्यूज, द वासिङ्टन पोस्ट, सिबिएस र अन्य सञ्चार माध्यमका लागि स्वतन्त्र पत्रकारका रूपमा कार्यरत हुनुहुन्थ्यो । सिरियाका नयाँ नेता अहमद अल–शरासँगको वार्तापछि दमास्कसमा पत्रकारसँग कुरा गर्दै टाइसले भन्नुभयो, “मलाई सिरियाको नयाँ नेतृत्वसँग भेट्ने सौभाग्य प्राप्त भएको छ । सिरियाली नयाँ नेतृत्वले तपाईंहरूको पत्रकार (मेरो छोरा) लाई घर ल्याउन समर्पित र कटिबद्ध रहेको बताएको छ यसले मलाई असाध्यै खुसी बनाएको छ ।” उहाँले सोमबार अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नुभएका डोनाल्ड ...
सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि

सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले सोमबार अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ । विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो । अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडेनले गत हप्ता दिनभएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको छ । समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको सङ्ख्यामा म...

प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
सोमबार बिहानसम्म भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ । एघार जिल्लाका १६ हजार ९३० जना प्रभावित भएको डीएमसीले जनाएको छ । एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । यसैबीच सोमबार उत्तरी, पूर्वी, उत्तर–मध्य, उवा र मध्य प्रान्त र हम्बनटोटा जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेको थियो । उक्त चेतावनी आगामी २४ घण्टासम्म जारी रहने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।...

चीनद्वारा एकै दिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ । सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो । अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो । मुलुकले एकै दिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलो पटक हो । उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो । परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो । संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताह...

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गर्नुभयो । उहाँले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताउनुभयो । “यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।” “अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्...

भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए । एक प्रहरी अधिकारीले भन्नुभयो,“आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।” प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्...

शेन्झाउ–१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
चीनको अन्तरिक्ष स्टेशनमा रहेको शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै आफ्नो दोस्रो एक्स्ट्रावेहिक्युलर गतिविधि (इभिए) सञ्चालन गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले आइतबार घोषणा गरेको छ । इभिए अन्तरिक्ष यान बाहिर अन्तरिक्षमा अन्तरिक्ष यात्रीले गरेको कुनै पनि गतिविधि हो । सन् २०२४ डिसेम्बर १७ मा आफ्नो पहिलो स्पेसवाक पूरा गरेदेखि चालक दलले अन्तरिक्ष स्टेशन उपकरणहरूको निरीक्षण र मर्मत, आपतकालीन अभ्यास र दोस्रो इभिएको तयारी सहित धेरै कार्यहरू गरेको छ । सीएमएसएले चालक दलले अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान र एयरोस्पेस चिकित्सा जस्ता क्षेत्रमा प्रगति गरेको जनाएको छ । एजेन्सीले तीन शेन्झाउ–१९ चालक दलका सदस्यहरू स्वस्थ रहेका पुष्टि गरेको छ । हाल स्पेस स्टेसन सहज रूपमा सञ्चालन भइरहेको छ ।...

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
सुडानमा उत्तरी डार्फरको राजधानी एल–फाशरको पूर्वी क्षेत्रमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा १४ सुडानी नागरिकको मृत्यु भएको छ । “आक्रमण शनिबार उत्तरी डार्फर राज्यको उत्तरपूर्वी उम कदादाह क्षेत्रमा भएको थियो,” स्थानीय प्रतिरोध समितिले जानकारी दिएको छ । उक्त समिति स्वयम्सेवक सङ्गठनहरू मध्ये एक हो, जसले नियमित सेना र विद्रोही अर्धसैनिक आरएसएफ बीचको २१ महिनाको लडाईमा सुडानभर सहायता समन्वय गरेको छ । मे महिनादेखि आरएसएफको घेराबन्दीमा रहेको करिब २० लाख मानिसले सबैभन्दा ठूलो लडाइँ देखेको छ । लगभग सबै डार्फर क्षेत्र अब आरएसएफद्वारा नियन्त्रित छ । आरएसएफले छिमेकी कोर्डोफान क्षेत्र र मध्य सुडानको धेरै भाग पनि कब्जा गरेको छ । सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र सङ्घले ...

श्रीलङ्कामा बाढीको उच्च चेतावनी जारी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेका छन् । राष्ट्रिय निर्माण तथा अनुसन्धान सङ्गठन (एनबीआरओ) ले बाडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाका लागि सोमबार बिहानसम्म पहिरोको चेतावनी जारी गरेको छ । सिँचाइ विभागले पूर्वी र उत्तर मध्य प्रदेशका तल्लो क्षेत्र विशेषगरी महावेली नदी बेसिनका लागि बाढीको चेतावनी जारी गरेको छ । नदीका खोला क्षेत्रमा भारी वर्षा जारी रहेकाले यो चेतावनी मङ्गलबार बिहानसम्म कायम रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि वर्षा हुने सम्भावना रहेको छ ।...

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्। भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका छन् । प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन्। कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो । ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फ...