Wednesday, April 22News That Matters

अन्तर्राष्ट्रिय

Cimex Introduces Industry-Leading Extended Warranty on BYD Electric Vehicles in Nepal

Cimex Introduces Industry-Leading Extended Warranty on BYD Electric Vehicles in Nepal

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd. in Nepal, is proud to announce the implementation of a comprehensive Extended Warranty Policy on all BYD Electric Vehicles (EVs) sale in Nepal, setting a new industry benchmark in EV after-sales support. In line with our unwavering commitment to customer satisfaction and confidence in BYD's advanced electric vehicle technology, the new warranty coverage includes: • Battery Warranty Extended from 8 years / 160,000 km to 10 years / 200,000 km – the longest coverage in the EV industry. • Motor Warranty Extended from 8 years / 150,000 km to 10 years / 200,000 km, ensuring prolonged peace of mind for our valued customers. • Whole Vehicle Warranty Coverage for components such as lights, tire pressure monitoring...
बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री हुने सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो । सो वारेन्टी अन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन् : ब्याट्री वारेन्टी – पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु-याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो । मोटर वारेन्टी – ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर प...
सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा

सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ६ वैशाखः काठमाडौँको सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा गरिएको छ । नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण भएको बद्रीनारायणधामलाई स्वदेश तथा विदेशमा चिनाउने तथा यही वैशाख १९ देखि २७ गतेसम्म हुन लागेको प्राण प्रतिष्ठाको पूर्व तयारीका लागि आज पदयात्रा गरिएको हो । नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो । नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म प्राण प्रतिष्ठा हुन लागेको जनाइएको छ । प्राण प्रतिष्ठाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको हो । ...
राष्ट्रिय मूर्तिकला सम्मेलनः १५ बुँदे घोषणापत्र जारी

राष्ट्रिय मूर्तिकला सम्मेलनः १५ बुँदे घोषणापत्र जारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चापदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चापदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थासहित १५ बुँदै घोषणापत्र जारी गरेको हो । सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्तिकारले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आह्वानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्...
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
खोटाङ, ६ वैशाखः खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गएिको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेका हुन् । परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए । त्यसविपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सके...
जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
घोडाघोडी (कैलाली), ६ वैशाखः जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिनुभयो । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उहाँले बताउनुभयो । गन्हाएपछि स्थानियले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छभने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।...
मुस्ताङ घट्टेखोलामा चौँरी मेला

मुस्ताङ घट्टेखोलामा चौँरी मेला

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मुस्ताङ (जोमसोम), ६ वैशाखः हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ । मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ । उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलाम...
संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताबीच छलफल

संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताबीच छलफल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार ...
‘मानव कल्याणमा समर्पित हुन आवश्यक छ’

‘मानव कल्याणमा समर्पित हुन आवश्यक छ’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ६ वैशाखः अन्तरराष्ट्रिय शान्तिवक्ता तथा लेखक प्रेम रावतले मानिसको जीवन अनमोल रहेकाले आफूभित्रको दया र करुणाका भावबाट मानव कल्याणमा समर्पित हुन आह्वान गर्नुभएको छ । आत्मज्ञान प्रचार सङ्घले रुपन्देहीको सैनामैना–७ स्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज आयोजित कार्यक्रममा उहाँले यस्तो आह्वान गर्नुभएको हो । “मानिसको जीवन अनमोल छ र यो चोला फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । मानिसभित्र दया, माया र करुणाजस्ता धेरै राम्रा कुराहरू छन् । त्यसलाई मानव कल्याणमा समर्पित गर्नु आवश्यक छ”, रावतले भन्नुभयो । ‘द प्रेम रावत फाउन्डेसन’ (टिपिआरएफ) का संस्थापक उहाँले श्वासको मूल्यलाई नबुझेसम्म जीवन कति अमूल्य छ भन्ने बुझ्न कठिन हुने तर्क गर्नुभयो । कार्यक्रममा नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा उहाँका शुभेच्छु र अनुया...
भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त हुनुुहुन्छ । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन् । नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिनुभएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाउनुभएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउनुहुन्छ । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जित्नुभएकी उहाँले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउनुहुन्छ । सुब्बा भन्नुहुन्छ, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भन...