Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

युद्धमा भएको क्षतिबाट उस्किनका लागि इरानलाई तेल बेच्नु जरुरी छ, हामी रोक्दैनौं : ट्रम्प

युद्धमा भएको क्षतिबाट उस्किनका लागि इरानलाई तेल बेच्नु जरुरी छ, हामी रोक्दैनौं : ट्रम्प

Breaking News, अन्तर्राष्ट्रिय
असार १२, २०८२ काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्यान्ड्समा नाटोको सम्मेलनका क्रममा इरानले युद्धमा बहादुरी देखाएको बताएका छन् । साथै इरानको तेल कारोबारलाई आफूले अब नरोक्ने बताएका छन् । उनले भने, ‘इरानले युद्धमा धेरै क्षति व्यहोर्नुपर्‍यो । त्यसबाट उस्किनका लागि इरानलाई तेल बेच्नु आवश्यक छ । यदि चीन इरानबाट तेल खरिद गर्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन ।’ उनले इरान र अमेरिकाबीच आगामी साता कुराकानी हुने पनि बताएका छन् । त्यसअघि मंगलबार नाटोको सम्मेलनका लागि जानेक्रममा उनले चीन अब इरानबाट तेल खरिद गर्नसक्ने बताएका छन् । साथै चीन अमेरिकाबाट पनि तेल खरिद गर्ने अपेक्षा व्यक्त गरेका छन् । यद्दपि व्हाइट हाउसका अधिकारीले इरानमाथि लागेका प्रतिबन्ध तत्काल नहटाइने स्पष्ट पारेका छन् । इरान–इजरायलबीच चलेको १२ दिनको युद्धपछि मंगलबार ट...
एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय
असार १२, २०८२ रासस काठमाडौँ — पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले  बुधबार बताएका छन् । सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका छन् । अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ । अनुमानित दुई–तीन हजार व्यक्ति र करीब ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताएका छन् । करिब ७० लाख अफगान शरणार्थीहर...
७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतमा सिफारिस

७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतमा सिफारिस

Breaking News, अन्तर्राष्ट्रिय
असार १०, २०८२ अमेरिका — सन् २०२५ को सुरुवाती चार महिनामा ७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस गरिएको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा बसोबास गर्दै आएको भन्दै उनीहरूलाई निष्कासन गर्ने प्रक्रिया टुंग्याउन अदालतमा सिफारिस गरेको हो । एक्जुकेटिभ अफिस फर इमिग्रेसन रिभ्यु (ईओआईआर) को तथ्यांकअनुसार अदालतमा सिफारिस हुनेमध्ये गत जनवरीमा २ सय ३५, फेब्रुअरीमा २ सय ३९, मार्चमा १ सय ९४ र अप्रिलमा १ सय जना छन् । मे यताको तथ्यांक सार्वजनिक भइसकेको छैन । यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले शरणार्थी वा बसोबासका लागि अघि बढाएको प्रक्रिया अस्वीकृत गरेमा, टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) समाप्त भएमा वा अध्यागमन स्टाटस नभएको खण्डमा निष्कासनका लागि अदालतमा सिफारिस गरिने प्रावधान ...
इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

Breaking News, अन्तर्राष्ट्रिय, फिचर
 ९ असार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। रुबियोले फक्स न्यूजसँग भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।” विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्। विदेशमन्त्री रुबियोले भन्नुभयो, “यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती ...
इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण, ट्रम्पले गरे इरानमा सत्ता परिवर्तनको पैरवी

इरानको मिसाइल उद्योगमा इजरायली आक्रमण, ट्रम्पले गरे इरानमा सत्ता परिवर्तनको पैरवी

अन्तर्राष्ट्रिय
असार ९, २०८२ काठमाडौँ — इजरायल–इरान संघर्ष १० औं दिन पनि जारी छ । इजरायली एयरफोर्सले आइतबार मध्यरात इरानको शाहरुदमा ब्यालेस्टिक मिसाइलको इन्झिन बनाउने उद्योगमा बमबारी गरेको छ । यो क्षेत्र इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा रहेको छ । यो आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरु नष्ट भएका छन् । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।’ अमेरिकाले आइतबार ३ परमाणु केन्द्रमा आक्रमण गरेर युद्धमा सहभागिता जनाएको छ । यी केन्द्र फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । यो अप्रेशनमा ७ बी–२ स्टेल्थ बम्ब...
दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु

दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
असार ९, २०८२ दमास्कस — सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् । प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यत: क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो ।धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो । जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ ।...
इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

अन्तर्राष्ट्रिय
इरान–इजरायलबीच तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक असार ९, २०८२ इस्तानबुल — इजरायल र इरानबीच बढ्दो तनावकाबीच इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । कार्यक्रममा, टर्कीएका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए । यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपम...
इरानमा आक्रमणबारे अमेरिकाभित्रै विरोध, इरानले भन्यो- ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’

इरानमा आक्रमणबारे अमेरिकाभित्रै विरोध, इरानले भन्यो- ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’

अन्तर्राष्ट्रिय
असार ८, २०८२ काठमाडौँ — अघिल्लो शुक्रबारदेखि प्रत्यक्ष युद्धमा होमिएका थिए, इजरायल र इरान । इजरायली आक्रमणबाट इरानका कैयौं संरचना क्षतिग्रस्त बनिरहेका बेला आइतबार बिहान अचानक अमेरिका प्रवेश गर्‍यो । र, उसले इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गर्‍यो । अमेरिकाको यो आक्रमणबाट ठूलो क्षति नभएको र परमाणुसँग सम्बन्धित सबै संरचना पहिल्यै सारिसकिएको इरानको दाबी छ । तर यो आक्रमणसँगै अमेरिका पनि इरान–इजरायलबीचको युद्धमा होमिइसकेको छ । विश्वभरका नेताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमलाई लिएर आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले भने शान्ति वार्ताको वातावरण बनाउन आक्रमण गरिएको बताएका छन् । यदि अब पनि इरान शान्ति वार्ताका लागि तयार नभए अझै आक्रमण बढ्ने चेतावनीसमेत उनले दिएका छन् । ट्रम्पले इरानसँग परमाणु हतियार हुनु इजरायलका ...
अमेरिकाले इरानका तीन न्युक्लियर परियोजनामा खसाल्यो बम

अमेरिकाले इरानका तीन न्युक्लियर परियोजनामा खसाल्यो बम

Breaking News, अन्तर्राष्ट्रिय
फाइल तस्बिर। काठमाडौं, असार ८ अमेरिकाले इरानको न्युक्लियर परियोजनामा हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी न्युक्लियर परियोजनामा हमला गरेको जानकारी दिएका हुन्। उनले फर्दो, नतान्ज र इस्फाहानको आणविक भट्टीमा अमेरिकाले बम खसालेको बताएका हुन्। फर्दोको आणविक भट्टी पहाडभन्दा सैयौं फिट तल बलियो बंकरमा बनाइएको छ। अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर  परियोजनामा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेखेको छ।राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको बताएका छन। 'सबै विमान सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। इसराइलले इरानविरूद्ध हमलामा सघाउन अगाडि नै अमेरिकालाई आग्रह गरेको थियो।  किनकी इरानले जमिनमुनी बनाएका ...
इजरायल-इरान युद्धमा अमेरिका पनि होमियो, इरानका तीन परमाणु क्षेत्रमा बमबारी

इजरायल-इरान युद्धमा अमेरिका पनि होमियो, इरानका तीन परमाणु क्षेत्रमा बमबारी

Breaking News, अन्तर्राष्ट्रिय
असार ८, २०८२ काठमाडौँ — अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् । उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ । यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’ उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् । इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इर...