Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

तेहरानबाट ११ नेपालीको उद्धार आज

तेहरानबाट ११ नेपालीको उद्धार आज

Breaking News, अन्तर्राष्ट्रिय
असार ८, २०८२ इरानको राजधानी तेहरान । तस्बिर : एएफपी/रासस काठमाडौँ — इरानको राजधानी तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको छ । दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई बिहान ७ बजे तेहरानबाट बसमा कोम हुँदै मशाद लैजाने भएको छ । मशाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती सहर हो । तेहरानमा रहेका हरि थापाका अनुसार ११ नेपालीलाई आइतबार बिहानै जम्मा हुन ठाउँ तोकिएको छ । ‘त्यहाँबाट हामीलाई मशाद पुर्‍याउने भनिएको छ । सम्भवतः मशादबाट भारतका लागि उड्छौं,’ उनले भने । तेहराइनबाट कोमसम्म बसमा पुग्न साढे दुई घण्टा लाग्छ । त्यहाँबाट मशाद पुग्न झन्डै १२ घण्टा लाग्छ । भारतीय दूतावासका अधिकारीहरू मशादमा बसेर आफ्ना नागरिकलाई उद्धार गर्दै स्वदेश पठाइरहेका छन् । थापाका अनुसार इजरायल–इरान द्वन्द्व चर्किएपछि बुधबार सात नेपाली तेहरा...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

अन्तर्राष्ट्रिय
असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन् ।   सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन् । राजदूत बासले इजरायलका रहेका सबै नेपाली सुरक्षित रहेको बताएका थिए । आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो । पछिल्ला केही दिन इरा...
विमान दुर्घटनाले स्तब्ध र दुःखी छु- मोदी

विमान दुर्घटनाले स्तब्ध र दुःखी छु- मोदी

अन्तर्राष्ट्रिय
बिहीबार, जेठ २९, २०८२ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले स्तब्ध र दुःखी भएको बताएका छन् । मोदीले सामाजिक सञ्जालमा लेख्दै यो दुर्घटना हृदयविदारक रहेको र यसलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् । उनले भनेका छन्- 'यो हृदयविदारक छ, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन । यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ । म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु ।' एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । लन्डन जादै गरेको सो विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात ...
मस्कले ‘फिर्ता लिए’ ट्रम्पविरोधी अभिव्यक्ति

मस्कले ‘फिर्ता लिए’ ट्रम्पविरोधी अभिव्यक्ति

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ काठमाडौँ — राष्ट्रपति ट्रम्प र एलोन मस्कले गत साता सामाजिक सञ्जालमा एकअर्काको कडा आलोचना गरे । ट्रम्पले आफ्ना पूर्व सल्लाहकारसँगको सम्बन्ध सुधार गर्न कुनै चासो नभएको पनि बताए ।   इलन मस्कले बुधबार बिहान आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा आफ्ना केही पोस्ट र टिप्पणीहरूमा ‘पश्चाताप’ गरेका छन् । मस्कले राष्ट्रपति ट्रम्पका विरोधमा श्रृंखलाबद्ध रूपमा एक्समा लेखेपछि ट्रम्पले पनि त्यसको कडा जवाफ दिएका थिए । मस्कले बुधबार आफ्नो प्लेटफर्ममा ट्रम्पका बारेमा उनका केही पोस्टहरू ‘धेरै टाढा पुगेको’ उल्लेख गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्क, एक समय राष्ट्रपतिका निकटतम सल्लाहकारहरूमध्ये एक थिए, जसले सरकारी खर्चका साथै संघीय कर्मचारी घटाउने प्रयास ‘डज’को सुपरिवेक्षण गरिरहेका थिए । तर, टेस्ल...
सिरियामा महिलाले समुन्द्री किनार जाँदा बुर्का वा पूरै शरीर ढाकिने कपडा अनिवार्य लगाउनुपर्ने

सिरियामा महिलाले समुन्द्री किनार जाँदा बुर्का वा पूरै शरीर ढाकिने कपडा अनिवार्य लगाउनुपर्ने

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ काठमाडौँ — सिरियाले सामुन्द्रिक किनारमा जाँदा महिलाहरूले लगाउने पोसाकसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिकाले महिलालाई समुन्द्री किनारमा जाँदा पनि बुर्का वा पूरै शरीर ढाकिने कपडा लगाउन अनिवार्य गरेको हो ।   गत वर्षको मंसिरमा राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेका थिए । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरिर अल सामले नयाँ नेतृत्व सम्हालेको थियो । नयाँ सरकारले जारी गरेको यस्तो निर्देशिकालाई अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनले सिरियामा देखिएको पछिल्लो 'कल्चरल सिफ्ट' भनेर टिप्पणी गरेको छ । पर्यटन मन्त्रालयले भने निर्देशिकालाई सार्वजनिक हितमा जारी गरिएको भनेको छ । पर्यटनमन्त्री माजेन अल-सल्हानीले सामाजिक संजाल फेसबुकमा 'स्थानीय हुन् वा विदेशी पर्यटक- उनीहरूले समाजका विभिन्न तप्काको संवेदनशीलता र आममानिसक...
लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेहरु धमाधम पक्राउ

लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेहरु धमाधम पक्राउ

अन्तर्राष्ट्रिय
जेष्ठ २८, २०८२ अमेरिका — अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामारीलाई लिएर विरोध प्रदर्शन र हिंसापछि पक्राउ गर्न थालिएको छ ।   शहरको मुख्य क्षेत्रमा भारी संख्यामा सुरक्षा बल तैनाथ गरिएकफ छ । कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं प्रदर्शनकारीई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । यद्दपि सडकमा यूएस मरीन या नेशनल गार्डका सैनिकको उपस्थिति भने देखिएको छैन । हाल फेडरल ट्र्प्सको तैनाथी विवादास्पद छ । प्रदर्शनकारीलाई पक्राउ गर्दा उनीहरुलाई देखिएको छैन । एलएल प्रहरी विभागका अनुसार लस एन्जलसका कैयौं क्षेत्रमा कर्फ्यू लगाइएको छ । ठूलो संख्यामा पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ । एलए प्रहरीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘स्प्रिङ्ग र अल्मेडाको बीचमा एक स्ट्रिडमा कैयौं मानिसहरु समूहमा जम्मा भएका छन् ।’...
आज अन्तरराष्ट्रिय खेल दिवस

आज अन्तरराष्ट्रिय खेल दिवस

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ, २८ जेठ ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।...
कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय
२७ जेठ २०८२, मंगलबार एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो । विस्फोटका कारण भवनहरू भत्किएका, पसलहरू ध्वस्त भएका र छरपस्ट भएको विवरण प्राप्त भएको छ । कोरिन्टो नगरमा, समाचार संस्था एएफपीका एक पत्रकारले नगरपालिका भवन नजिकै विस्फोट भएको सवारी साधनको जलेको र बिग्रिएको अवस्था देखेका थिए। सो भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । हालसम्म उक्त विस्फोट कसले गराएको भन्ने बारेमा यकिन विवरण सार्वजनिक नभए पनि यस क्षेत्रमा पहिलेका विद्रोही समूहका अलग समूहहरू ...
पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

अन्तर्राष्ट्रिय
पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । यो निर्णय भारतसँगको पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि आएको हो, जुन पछिल्ला दशकहरूमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ । मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुबै आणविक शक्तिहरूबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछिमात्र युद्धविरामको घोषणा गरिएको थियो । मंगलबार साँझ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गर्नुभयो, जसको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुट्याइएको छ । यो अघिल्लो वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर) बाट बढेर यस वर्ष २.५५ ट्रिलियन रुपैयाँ पुग्नेछ । यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदको वार्ता भइरहेक...
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थ
काठमाडौँ, २८ जेठः नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, च...