Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

अन्तर्राष्ट्रिय
काठमाडौँ, २५ जेठ राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उहाँप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।...
प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ

प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ

अन्तर्राष्ट्रिय
जेष्ठ २५, २०८२ तस्बिर : तेलंगाना टुडे काठमाडौँ — प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय विजय टोपा पक्राउ परेका हुन् । तेलंगाना टुडेका अनुसार बोहरा र टोपा 'लिभ-इन रिलेसनसिप' मा थिए । तेलंगाना टुडेका अनुसार टोपाले हत्या गरेर बोहराको शव ट्रली ब्याग(सुटकेस)मा फ्याँकेका थिए । सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो । प्रहरीका अनुसार दुवै जनाको भेट फेसबुकमार्फत भएको थियो । बोहरा विवाहित हुन् । उनका दुई सन्तानसमेत रहेको तेलंगाना टुडेले जनाएको छ । उनी यसै वर्षको अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न आएकी थिइन् । बोहरा गर्भवती भएपछि हैदराबादकै एउटा भाडाको घरमा बस्ने उनीहरूबीच झगडा भएको थियो । टोपाले गर्भपतन गराउन दबाब दिँदै आएको र नियमितजसो झगडा हुने पनि समाचारमा ...
किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय
किभमा रुसको ड्रोन र मिसाइल आक्रमण, ३ को मृत्यु जेष्ठ २३, २०८२ काठमाडौँ — युक्रेनको राजधानी किभमा रुसले शुक्रबार बिहान ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।आक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार राजधानी किभसँगै देशको उत्तर–पश्चिममा पर्ने लुस्क सहर र टर्नोपिल क्षेत्रलाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । रुसको रक्षा मन्त्रालयले आक्रमणको जिम्मेवारी लिँदै किभको आतंककारी गतिविधिको बदलामा आक्रमण गरिएको जवाफ दिएको छ । मन्त्रालयका अनुसार आक्रमणमा सैन्य ठाउँलाई लक्षित गरिएको हो । रुसी सशस्त्र बलले बिहीबार राति हावा, समुद्र र जमिनबाट प्रहार गरिने लामो दुरीका हतियार तथा ड्रोन प्रयोग गरेर ठूलो मात्रामा हमला गरेको रक्षा मन्त्रालयले जनाएको हो । युक्रेनले रुसी ‘एयरबेस’हरूमा हालै गरेका आक्रमणको जव...
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

अन्तर्राष्ट्रिय
विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने । छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए । यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुङ्गा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ । “मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामी भित्र प्रवेश गर्‍यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुङ्गा हान्न...
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

अन्तर्राष्ट्रिय
गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गर्नुभयो । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहनुभएको छ । आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो । प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मि...
जापानको आइस्पेसको चन्द्र अभियान असफल

जापानको आइस्पेसको चन्द्र अभियान असफल

अन्तर्राष्ट्रिय
शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो। तर ‘हाल उपलब्ध तथ्याङ्कको आधारमा आइस्पेशको ल्याण्डरले सम्भवतः ‘हार्ड ल्यान्डिङ’ गरेको छ,” जापानी अन्तरिक्ष कार्यक्रम (स्टार्टअप) जनाएको छ । “ल्यान्डरसँगको सम्पर्क पुनःस्थापित हुने सम्भावना कम छ”, आइस्पेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले मिसनलाई रद्द गर्ने निर्णय गरिएको छ ।” जापानका लागि अघिल्लो चन्द्र अभियानमा मिलेको असफलताको ठीक दुई वर्षपछि यो असफलता हात लागेको हो । कम्पनीको मानवरहित लचिलो अन्तरिक्ष यानले आफ्नो कठिन अन्तिम अवतरण सुरु गरेको थियो । “यसको मुख्य इन्जिनलाई सफ...
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

अन्तर्राष्ट्रिय
रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्। सुमीको प्रशासनले भनेको छ, “सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।” रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ । हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको सङ्केतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताउनुभएको थियो । युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताउनुभएको थियो । गत वर्ष कुस्र्क क्षेत्रमा रुसी सी...
रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

अन्तर्राष्ट्रिय
बिपुल ढुङ्गाना रियाद, साउदी अरेबिया —   रियादस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवस २०८२ को अवसरमा एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय गौरव र लोकतान्त्रिक मूल्यमान्यतालाई उल्लासपूर्वक मनाएको छ। समारोहको सुरुवात नेपाली राष्ट्रिय गानबाट गरियो भने ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि महामहिम नेपाली राजदूत डा. नरेश विक्रम ढकालले पानसमा दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा गैर आवासीय नेपाली संघ, साउदी अरेबियामा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरू, जातीय, सामाजिक, भौगोलिक तथा परोपकारी संस्थाका प्रतिनिधिहरू, नेपाली पत्रकार, राजदूतावासका कर्मचारीहरू, र साउदीमा कार्यरत विभिन्न पेसाका झन्डै १३५ जना नेपालीहरूको उपस्थिति रहेको थियो। राजदूत ढकालको सम्बोधन र गणतन्त्रको महत्त्वमाथि प्रकाश समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत ड...
भारत-नेपाल सीमाबाट दुई चिनियाँ नागरिक पक्राउ, भारतविरोधी गतिविधिमा संलग्न हुने आशंका

भारत-नेपाल सीमाबाट दुई चिनियाँ नागरिक पक्राउ, भारतविरोधी गतिविधिमा संलग्न हुने आशंका

Breaking News, अन्तर्राष्ट्रिय
२०८२ जेठ १६ भारत-नेपाल सीमास्थित सुनौली नाकाबाट दुई चिनियाँ नागरिकलाई भारत प्रवेश गर्ने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको छ। उनीहरू अवैध रूपमा भारत छिर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। मोबाइलबाट आपत्तिजनक सामग्री फेला पक्राउ परेका व्यक्तिहरूको मोबाइल जाँच गर्दा भारतविरोधी सामग्री र खालिस्तान समर्थक डिजिटल दस्तावेजहरू फेला परेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूको भारत प्रवेशको उद्देश्य शंकास्पद देखिएको छ। भारतीय सुरक्षा निकायले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। सीमामा सुरक्षा कडा यो घटनापछि भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। स्थानीय प्रहरी, SSB (Seema Suraksha Bal), र खुफिया निकायहरूले सयुक्त रूपमा थप निगरानी बढाएका छन्। नेपाल सरकारलाई पनि घटनाको जानकारी दिइएको छ, र दुई देशबीच समन्वय भइरहेको भारतीय अधिकारीहरूले जन...
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताउनुभएको छ ।” उहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् । त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताउनुभयो । इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ। गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय ...