Tuesday, April 21News That Matters

अन्तर्राष्ट्रिय

काठमाडौंका स्पा र गेस्टहाउस मा यौन धन्दा : आठ बालिकाको उद्धार, पाँच पक्राउ

काठमाडौंका स्पा र गेस्टहाउस मा यौन धन्दा : आठ बालिकाको उद्धार, पाँच पक्राउ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ ,प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंका विभिन्न स्पा, गेस्टहाउस र खाजाघरहरूबाट आठ जना बालिकालाई उद्धार गरेको छ। उद्धार गरिएका बालिकाहरूलाई सुरक्षित आवासका लागि विभिन्न सेल्टर हाउसमा राखिएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए। एसएसपी पंगेनीका अनुसार, ठमेलस्थित गोल्डेन स्पा, चाबहिलको फायर लन्च एन्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र मित्रनगरको खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट उद्धार कार्य सम्पन्न भएको हो। यसै क्रममा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सिन्धुलीको दूधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बूढानीलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका हरिभक्त गिरी, र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद रहेका छन्। पक्राउ ...
जसको मृत्युको खबरले बंगलादेशमा फेरि भड्किएको छ हिंसा

जसको मृत्युको खबरले बंगलादेशमा फेरि भड्किएको छ हिंसा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका बंगलादेशका विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बिहीबार राजधानी ढाकाका धेरै क्षेत्रमा हिंसा भड्किएको छ। हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई डिसेम्बर १५ मा एयरलिफ्ट गरेर उपचार निम्ति सिंगापुर लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो। गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये उनी एक थिए। उनी शेख हसिनाविरोधी इंकलाब मञ्चका सदस्य थिए। फेब्रुअरीमा हुने चुनावका लागि उनी पनि सम्भावित उम्मेदवार थिए र आक्रमणको समय ढाका–८ सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए। इंकलाब मञ्च गत वर्ष जुलाईमा भएको बंगलादेश विद्यार्थी आन्दोलन क्रममा चर्चामा आएको थियो। यो समूहला...
विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिकको प्रारम्भिक सूचीमा

विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिकको प्रारम्भिक सूचीमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका नेताहरू रास्वपाको प्रतिनिधि सभा समानुपातिकतर्फ प्रारम्भिक सूचीमा समावेश भएका छन्। विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटासहित नेताहरू रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ। विवेकशील साझा र रास्वपाबीच मंसिर १४ गते पार्टी एकता भएको थियो।...
बोराभित्र युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

बोराभित्र युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
ललितपुरमा एक जना युवकको शव इनारभित्र फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो। हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको हो। नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए। ‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको हो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतक हायुको टाउकोमा गहिरो चोट ...
लठ्ठिने औषधिले ‘झुम्म’ पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार

लठ्ठिने औषधिले ‘झुम्म’ पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
नेपालमै जन्मे–हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसाद बुधबार राति कतार एयरको चार्टर जहाज चढेर दोहा पुगेका छन्। नेपालले इतिहासमै पहिलो पटक अन्य देशलाई हात्ती उपहार पठाएको हो। भैरहवाबाट दोहासम्म करिब साढे चार घन्टाको उडान यी दुई हात्तीले कसरी पूरा गरे? बडेमानका यी हात्ती उडानको बीचैमा चलमलाउँदा कतै पाइलटहरूलाई जहाजको सन्तुलन मिलाउन गाह्रो त परेन? हामीले यसबारे वन्यजन्तु विज्ञहरूसँग कुरा गरेका छौं। उनीहरूका अनुसार कतार पठाइएका हात्तीलाई जहाज उड्नुअघि नै अर्धबेहोसजस्तै बनाउन लठ्याउने औषधि प्रयोग गरिएको थियो। औषिध प्रयोग गरेपछि त्यसको असरले उनीहरू 'झुम्म' भएका थिए। त्यसपछि लगभग अर्धबेहोसीकै अवस्थामा जहाजमा राखेर कतार लगिएको चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकहरूले बताएका छन्। 'औषधि प्रयोग गरेर लठ्याइएका हात्ती उडानको बीचमा चलमलाउँदैनन्। यसबाट हात्तीलाई सुरक्षित रूपले लामो यात्...
ओली र पोखरेलबीच फराकिलो मतान्तर

ओली र पोखरेलबीच फराकिलो मतान्तर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
नेकपा एमालेका अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मतान्तर बढ्दै गएको छ। पछिल्लो परिणाम अनुसार ओलीले ४८९ मत ल्याएका छन् भने पोखरेलले १७७ मत ल्याएका छन्। २२ घन्टाको लगातार मतदातनपछि झन्डै १० बजेबाट मतगणना सुरू भएको हो। मत गणनाको प्रारम्भिक परिणामदेखि नै ओलीले लगातार अग्रता लिइरहेका छन्।...
एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार

एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं : एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरू भएसँगै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी प्रक्रिया अघि बढेसँगै ओली पक्षले पदाधिकारीका उम्मेदवारहरूको अनौपचारिक टुङ्गो लगाएको छ। ओली समूहबाट महासचिवमा शङ्कर पोखरेललाई अघि सारिने पक्का भएको छ। यस्तै, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम तय भएको छ। उपाध्यक्षकै लागि प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले भने उक्त पद अस्वीकार गरेका छन्। ज्ञवालीले उम्मेदवारको टुङ्गो लागिनसकेको बताउँदै छलफल जारी रहेको प्रतिक्रिया दिएका छन्। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाललाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याललाई दोहोर्याउने तयारी छ। त्यस्तै, सचिवमा नया...
एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम

एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं ः एमालेको जारी ११औं महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा होमिएको छ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन्। महाधिवेशनको बन्द सत्र चलिरहँदा दुवै पक्षले आ–आफ्नो उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारी गरेका छन्। यसैक्रममा ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरूको नाम करिब टुंगो लगाएको छ। ईश्वर पोखरेल समूहबाट अध्यक्ष पदमा पोखरेल स्वयंले उम्मेदवारी दिँदै छन्। यो समूहले महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सारेको छ। यसअघि महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको दाबी रहे पनि विष्टलाई उपाध्यक्ष र भट्टराईलाई उपमहासचिवमा उम्मेदवार बनाउने सहमति जुटेको छ। पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल छन...
एमाले महाधिवेशन ः ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै

एमाले महाधिवेशन ः ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं ः तेस्रो पटक पार्टीको नेतृत्वको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो समूहका नेता व्यवस्थापनले सकस पारेको छ। आफ्नो समूहसँगै माओवादीका पूर्व नेताहरूलाई समेत पदाधिकारीमा समेट्नुपर्ने बाध्यतामा छन् उनी। तर उता पार्टी नेतृत्वका आकाङ्क्षी ईश्वर पोखरेल समूह भने ओलीको प्यानलमा नअट्ने नेता कुरेर बसेको छ। ११ औँ महाधिवेशनबाट पदाधिकारी १५ मा झारिएको छ भने केन्द्रीय कमिटी पदाधिकारीसहित २ सय ५१ सदस्यीय हुने विधान पारित भएको छ। तर यसले आफ्नै समूहका नेता व्यवस्थापनमा समस्या भएपछि ओली समूह केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गर्न लागेको छ। नयाँ पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद छैन। तीन उपाध्यक्षमा समस्या देखिएको छैन। ओलीकोतर्फबाट विष्णु पौडेल, गुरु बराल र नेकपाहुँदा माओवादीबाट आएर यतै बसेका रामबहादुर थापा आकाङ्क्षी देखिएका छन्। महासचिव मिलाउन भने ओलीलाई समस्या परेको छ। वर्तमान महास...
एमाले महाधिवेशनमा बिझिएका दृश्य ः ¥यालीमा बालबालिकाको प्रयोग, फर्कँदा फोहोरको डङ्गुर

एमाले महाधिवेशनमा बिझिएका दृश्य ः ¥यालीमा बालबालिकाको प्रयोग, फर्कँदा फोहोरको डङ्गुर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद
भक्तपुर ः एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट काठमाडौं उपत्यका ओर्लिएका नेता तथा कार्यकर्ताहरूको लर्को शनिबार बिहानैदेखि भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानतर्फ सोझियो। भक्तपुरको चिसो मौसममा पनि बिहानैदेखि सो क्षेत्रको चहलपहल तातेको थियो। आयोजकले मञ्चमा प्रवेश गर्ने नेताहरू र कार्यकर्ताको ओहोरदोहोरका लागि छुट्टाछुट्टै गेटको व्यवस्था गरेको थियो। भीड बढेपछि सुरक्षा जाँच रोकियो शनिबार बिहान महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूलाई मुख्य प्रवेशद्वारमा प्रहरीको कडा जाँचपछि मात्रै भित्र पठाइँदै थियो। सुरुवाती चरणमा सहभागीहरू थोरै हुँदा अनुशासित रूपमा लामबद्ध भएर मूल गेटबाट प्रवेश गरिरहेका थिए र प्रहरीलाई पनि जाँच गर्न सहज थियो। तर, बिहान साढे ११ बजेपछि नारा, जुलुस र झाँकीसहित एक्कासि एमाले नेता–कार्यकर्ताको ठूलो भीड उर्लिएपछि स्थिति फेरियो। थेगिनसक्नु भीड उद...