ऐसेलुखर्कका अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता

खोटाङ, १६ पुसः जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरूपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरूले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिने सेवासुविधा उपलब्ध गराउन गाउँपालिकाको पहलमा घरैमा पुगेर नागरिकता उपलब्ध गराएका छौँ । अब उनीहरूलाई अपाङ्गता परिचयपत्र समेत उपलब्ध गराएर राज्यले दिने सबै सेवासुविधा उपलब्ध गराउँछौँ ।”

गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसको आधारमा पहिलो दिन (पुस १४ गते शनिबार) वडा नं २ राखाबाङ्देलका २१ वर्षीय सलिना राई र ४१ वर्षीय दीपक राईलाई नागरिकता प्रदान गरिएको छ । अभियानको दोस्रो दिन (पुस–१५ गते आइतबार) सबैभन्दा बढी वडा नं ४ जलेश्वरीका चारजना व्यक्तिलाई नागरिकता प्रदान गरिएको प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमाँया राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जनाइएको छ । यस्तै, आज (सोमबार) वडा नं १ राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमाँय राईलाई पनि नागरिकता प्रदान गरिएको जनाइएको छ ।

ऐसेलुखर्क गाउँपालिकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतका टोली उनीहरूको घरमै पुगेका थिए । नेपाली नागरिकताको प्रमाणपत्र पाएका उनीहरूलाई अपाङ्गता परिचयपत्र समेत घरैमा लगेर वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका जिल्लाका अन्य व्यक्तिलाई उनीहरूको घरैमा पुगेर नागरिकता उपलब्ध गराउने अभियान थालिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये ५३२ जना श्रवण शक्ति कम भएका (बहिरा) व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिमध्ये श्रवण शक्ति नभएका तथा कम भएका व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा सुरू गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरू गरिएको हो ।

श्रवण शक्ति कम भएका व्यक्तिलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरूलाई दोभाषेको सहयोगमा सहजरूपले सेवा उपलब्ध गराउन दोभाषेको व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिनुभयो । दोभाषे सेवाका लागि तत्काललाई अपाङ्ग सेवा सङ्घ खोटाङ र करूणा फाउण्डेसनमार्फत सेवाग्राहीसँग सम्पर्क गरेर सेवा लिने÷दिन व्यवस्था मिलाइको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा (सर्लाही), १२ माघः चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिन...
कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

कर्णाली, १० माघ : दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि न...
आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

धरान (सुनसरी), १० माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यकताअनुसार अस्पताल र फार्मेसीबाट औषधि उपलब्ध गराउनेगरी व...
प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बता...