अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ : प्रमुख सचेतक घिमिरे

काठमाडौँ, ५ फागुन : नेपाल राष्ट्रको गरिमा र ओज बढाउने मुलुकभरका राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचारलाई राष्ट्रिय समाचार समिति (रासस)ले समेट्ने प्रयास गरिरहेको छ । राससले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने कसरी भन्ने हो । एकाधिकार बजार भएसम्म मात्र राज्यद्वारा सञ्चालित सरकारी संस्थान सञ्चालन हुने विगतका अभ्यास रहेकाले राससले पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने हिसाबबाट आफूलाई तयार पार्नुपर्ने आवश्यकता छ । त्यसका लागि राससले आफूलाई ‘अपडेट’ गरी अघि बढ्न सक्नुपर्छ । आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्छ । आवश्यक स्रोतसाधन जुटाउँदै लैजानुपर्छ । आप्mनै खुट्टामा उभिने मानसिकता बनाउनुपर्छ । राससको प्रभावकारी प्रयोग र प्रभावकारी भूमिका र उन्नतिका लागि भोलि आउने निजी क्षेत्रका यस्ता समाचार संस्थासँग प्रतिस्पर्धा गर्ने सामथ्र्य विकास गरेर जान सकोस् । संसदीय ‘रिपोर्टिङ’मा राससले राम्रो गरिरहेको छ । राससका सबै सेवा गुणस्तरीय र प्रभावकारी रहनुपर्छ ।

यसैबीच, मुुलुकमा पछिल्लो समय पत्रकारबाट सवैभन्दा बढी प्रश्न सोधिने र चर्चामा रहेको विषय अध्यादेश हो । त्यसभित्र पनि भूमिसम्बन्धी बढी प्रश्न र चासो हुने गरेको छ । अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन । अध्यादेश यसअघि पनि आएकै हुन् । अघिल्लो सरकारका पालामा पनि लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएकै हुन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले त्यसलाई सहजतापूर्वक ग्रहण गरी सहयोग गरेकै हो । सत्तापक्ष र प्रतिपक्षको कानुन बनाउनेतर्फ जोडबल हुनुपर्छ ।

सरकारले ल्याएका अध्यादेश कानुन निर्माण, लगानी प्रोत्साहन र सुशासनसँग जोडिएका छन् । भूमिसम्बन्धी अध्यादेश भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीसँग जोडेर आएको छ । सरकारसँग जग्गा छैन, तर पनि भूमि आयोग सधैँ बनाइराख्ने अभ्यासले निरन्तता पाउँदै आएको छ । बन, बुटियान, हाडबजार, बगर भनिएका जग्गा सरकारका नाममा छैन । त्यो जग्गा आयोगले बाँड्छ कसरी भन्ने ठूलो प्रश्न छ । नेपालमा जति पनि नम्बरी जमिन छ, त्यसको २५ प्रतिशत अव्यस्थित बसोबास छ । त्यसलाई कानुनी प्रक्रिया अपनाएर सरकारी नाममा दर्ता नगरिए आयोगले जग्गा वितरण गर्न सक्दैन । त्यो समस्या सुल्झाउन अध्यादेश ल्याइएको हो । सबै निर्वाचन क्षेत्रमा अव्यस्थित बसोबाससम्बन्धी समस्या छ । त्यसलाई सम्बोधन गर्नुपर्ने सबै राजनीतिक दललाई आवश्यकता र चुनौती छ । विरोधका लागि विरोध गर्ने ढङ्गबाट मात्र अध्यादेशमाथि टिप्पणी भएको छ । अन्यथा अध्यादेशमा विरोध गर्नुपर्ने कारण देख्दिन । हाम्रो कानुन बनाउने प्रक्रिया अत्यन्त सुस्त भएकाले अध्यादेश ल्याउन परेको हो ।

विगत २ वर्षमा जम्माजम्मी ११ वटा कानुन ऐन बनाउन सफल भइयो । त्यो पनि राष्ट्रिय महत्वका बनाइएको छैन । कानुन बनाउने गति हाम्रो धिमा छ । सरकार गठन भएको यति समय भयो उपलब्धि खोइ भनेर प्रतिपक्ष र जनताबाट पनि बारम्बार प्रश्न आइरहेकै छ । कानुनी राज्य र लोकतन्त्रमा कानुन संशोधन नगरी बस्न सकिन्छ ।

संसदीय प्रजातन्त्रमा कार्यकारीको आदेशले मुलुक चल्दैन । नेपाल संसदीय प्रजातन्त्र भएको देश हो । संसदीय लोकतन्त्रमा कानुन निर्माण संसद्बाट गरिनुपर्छ, कार्यकारीको आदेश चल्दैन । संसद्बाट कानुन निर्माण गरेर जाँदा अलि समय लाग्ने भएपछि सरकारले अध्यादेश ल्याउन परेको हो । त्यसको विकल्प भनेको कानुन निर्माणको गतिलाई तीव्र बनाउनुपर्छ । एकातिर कानुन निर्माणको गतिलाई सुस्त तुल्याउने अर्कातर्फ अध्यादेश किन भन्ने प्रश्नले देश अघि बढन सक्दैन । मुलुकको समृद्धिका लागि कानुन संशोधनको विकल्पका रूपमा अध्यादेश ल्याउन परेको हो ।

त्यस्तै एमाले र कांग्रेस पार्टीले सुटुक्क कोठाभित्र बसेर संविधान संशोधन गर्दैनन् । संशोधनका बेला सबैसँग सल्लाह हुनेछ । ढुक्क हुनुस्, सबै संसद्वादी राजनीतिक दलसँग खुला छलफलका साथ आमजनताको सहभागितामा राष्ट्रिय सहमति जुटाएरै संविधान संशोधन हुन्छ ।

(राससको ६४औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित अन्तर–संवादमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा व्यक्त विचार)

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...