लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँः गृहमन्त्री लेखक

काठमाडौँ, १७ फागुनः गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हँुदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताउनुभयो ।

“लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।”

लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताउनुभयो ।

“लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरू अपराधको पनि वृद्धि गरेको छ”, उहाँले भन्नुभयो, “समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागुऔषध छ ।”

लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरूरी रहेको भन्दै उहाँले विद्यालयस्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

“महाअभियानलाई प्रत्येक जिल्ला, पालिका र टोल, विद्यालय तथा क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौँ भने १०–१५ वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्या छु”, उहाँले भन्नुभयो, “जुन ढङ्गले लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी १०–१५ वर्षमा भयाभहस्थिति ल्याउने अवस्था देखिरहको छु ।”

“लागुऔषधमुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ र प्रहरीलाई यो महाअभियान देशव्यापी रूपमा लैजान निर्देशन दिन्छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक छ । यसलाई सबैले अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।”

सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उहाँको भनाइ थियो । “एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडि पनि लागुऔषध कारक देखिन्छ”, लेखकले भन्नुभयो, “समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडि लागुऔषध र मादक पदार्थ कारकका रूपमा देखापरेकाले समाजका धेरै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण गर्न आवश्यक छ ।” लागुऔषध नियन्त्रण गर्न सके धेरै अपराधका घटनामा कमी ल्याउन सकिने मन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...