शीर्ष १० मा पुग्नेलाई रु तीन लाख पुरस्कार

काठमाडौँ, १५ चैतः नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ र गायक प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को शीर्ष १० मा पुग्ने हरेक प्रतिस्पर्धीले जनही रु तीन लाख पुरस्कार पाउनेभएका छन् ।

नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ सुरू गरिएको दुई प्रतियोगिताका आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अन्तिम प्रतिस्पर्धा हुने दुवै कार्यक्रमका प्रतियोगिलाई सम्मानस्वरूप उक्त पुरस्कार दिइने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्तामा पु¥याउने अभियानले नेपालीको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत बनाएको छ । नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन गायन र नृत्यका कार्यक्रम गरिरहेका छौँ ।”

उहाँले नेपाली संस्कृतिका प्रतिभा जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकमा अभार व्यक्त गर्दै यसमा राज्यले निरन्तर साथ दिनुपर्ने धारणा राख्नुभयो ।

विश्वभरका अडिसनबाट गायनमा १२० र नृत्यमा १२० छनोट गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गराइने छ । यी कार्यक्रमले विश्वभरका नेपाली जातिका प्रतिभालाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ ।

अमेरिका, बेलायत, पोर्चुगल, अष्ट्रेलिया, जापान, हङगकङग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगञ्ज, विर्तामोडलगायतका ठाउँमा अडिसन सम्पन्न भइसकेको र काठमाडौँमा चैत १६ र १७ मा हुने आयोजकले जानकारी दिएको छ ।

दुवै प्रतियोगिताका विजेताले एक÷एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले पाँच लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कप्तान सुब्बा नेपालमा
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा नेपाल आउनुभएको छ । आफ्नो जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शनको अवसर पारेर दर्शकसँग भेटघाट गर्न नेपाल आएको उहाँले जानकारी दिनुभयो ।

ग्रिसमा व्यावसायिक फुटवल खेलिरहनुभएकी कप्तान आज बिहान १० बजे कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँले भन्नुभयो, “दर्शकको माया देखेर म नेपाल नआई रहन सकिन् । मेरो जीवनले केहीलाई पनि प्रेरित गर्यो भने चलचित्र बनाएको सफल हुन्छ भन्ने जस्तो लाग्छ । यो चलचित्रले सङ्घर्षले सफलताको महत्व बुझाउन मदत गर्छ ।”

उहाँले आमाको मेहनत, सङ्घर्ष र विश्वासले आफूले सफलता हासिल गर्न सफल भएको र चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठकै हौसलाले आफू अभिनय पनि गर्न सफल भएको बताउनुभयो । “मेरो भूमिका भए पनि म अभिनय गर्न तयार छु भन्ने विश्वास निर्देशकसहितको टिमले दिनुभयो । यो मेरा लागि पनि नयाँ अनुभव रह्यो, निकै खुसी छु”, उहाँले भन्नुभयो ।

नेपाल बसाइँको क्रममा उहाँले शुक्रबार र शनिबार काठमाडौँ र आइतबार मोफसलका दर्शकसँग साक्षात्कार गर्ने जानकारी निर्देशक चाम्सले दिनुभयो । चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...